Explore news and happenings at Bhaktapur

भूकम्प पीडितहरूलाई रु. १० लाख अनुदान दिनुपर्ने

२०७७ पुस १२ गते, आइतबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक आइतबार बस्यो । बैठकमा भक्तपुर जिल्लाको निजी आवास पुनःनिर्माणको प्रगति प्रतिवेदनमाथि छलफल भयो ।
बैठकले भूकम्प पीडितहरूलाई प्रदान गरिने भूकम्प पुनःनिर्माणको अनुदान रकम १० लाख पु¥याउनुपर्ने, अनुदान रकमलाई किस्ता किस्ता गरी लिनुपर्ने बाध्यताको अन्त्य गरी एकमुष्ठ वितरण गर्नुपर्ने र किस्ता लिने समय सीमा थप गर्नुपर्ने निर्णय ग¥यो ।
साथै भक्तपुर नगरपालिकाका सबै वडाभित्रका निजी आवस पुनःनिर्माणको सम्झौता गरिसकेको तर दोस्रो तथा तेस्रो किस्ता लिन बाँकी रहेका भूकम्प पीडित लाभग्राहीहरूलाई पहिचान गरी स्थलगत अनुगमन समेतबाट निजहरूलाई पर्न आएको समस्या र बाधाहरूको निराकरणमा नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्ने निर्णय सो बैठकले ग¥यो ।

बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा स्थानीय पूर्वाधार कार्यालय भक्तपुरका प्रमुख अनन्तप्रसाद आचार्यले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

हालसम्म भक्तपुर नगरपालिकाभित्र ७,८५८ लाभग्राही भएकोमा पहिलो किस्ता लिने ५,६९२, दोस्रो किस्ता लिने २,१७९ र तेस्रो किस्ता लिनेहरू २,०२६ रहेको प्रतिवेदनमा उल्लेख छ ।

बैठकमा भक्तपुर नपाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका लेखा अधिकृत कृष्णप्रसाद भट्टराई र एमआइएस विज्ञ भोजराज भट्टको पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.