Explore news and happenings at Bhaktapur

उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

२०७७ मंसिर २५ गते, बिहीबार

0

भक्तपुर नपा वडा नं. ९ को आयोजनामा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बिहीबार सम्पन्न भयो ।

कार्यक्रममा उपप्रमुख जोशीले लैंगिक हिंसा दिन प्रतिदिन बढिरहेको बताउनुहुँदै लिंगको आधारमा दिइने शारीरिक तथा मानसिक हिंसाको विषयमा नयाँ पुस्तालाई सचेत पार्नुपर्ने बताउनुभयो ।

सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसाका घटनाहरु बढिरहेकोतर्फ ध्यानाकृष्ट पार्नुहुँदै उपप्रमुख जोशीले भक्तपुर नपाले न्यायिक समितिमार्फत पीडितहरुको पक्षमा कार्य गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले जन्मदर्ता, विवाह दर्तालगायतका व्यक्तिगत घटना दर्ता समयमै वडामा गराउनुपर्ने आवश्यकताबोध गराउनुहुँदै समयमा दर्ता नहुँदा विवाहपश्चात महिलाहरुले नागरिकता प्रमाणपत्र लिन गा¥हो भएको, विवाह दर्तालाई अंशसँग जोडेर मानसिक यातनाहरु दिइरहेको यथार्थबारे प्रष्ट पार्नुभयो ।

कार्यक्रममा अधिवक्ता अनिता जधारीले अनलाइन कक्षा सञ्चालन भइरहँदा विद्यार्थीहरुमा फेसबुक, युट्युव र टिकटकजस्ता सामाजिक सञ्जालको लट बसेको तर्फ सचेत हुनुपर्ने बताउनुहुँदै बच्चाहरुलाई आधुनिक सूचना प्रविधिको पहुँचमा राख्दा अभिभावकले समय–समयमा निगरानी राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य इन्द्रबहादुर प्याथले अष्ट्रेलिया, युरोप जाने लोभमा नयाँ पुस्ताका युवा–युवतीहरु अभिभावकको जानकारीविना वडा कार्यालयमा विवाह दर्ता गर्नेहरु बढिरहेको बताउनुभयो ।

कार्यक्रममा वडा कार्यालयका कर्मचारी मीरा बासुकलाले पनि बोल्नुभयो ।

Leave A Reply

Your email address will not be published.