Explore news and happenings at Bhaktapur

१७ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयम्सेविका दिवस कार्यक्रम

२०७७ मंसिर २० गते, शनिबार

0

भक्तपुर । ‘निःस्वार्थ रुपले इमानदारीपूर्वक देश र समाजको हित गर्नु नै स्वयम्सेवा हो । यो नै धर्म हो ।’ उपरोक्त कुरा १७ औं स्वयम्सेविका दिवसको अवसरमा आयोजित स्वयम्सेविकाहरुको भेलालाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभएको हो ।

उहाँले राजनीति पनि स्वयम्सेवा हो, राजनीति गर्नेले परिवार, सम्पत्ति र फाइदा—नोक्सानको हिसाब गर्ने होइन, जनताको सेवामा समर्पित भएर लाग्ने हो । तर राजनीतिलाई व्यापारमा रुपान्तरण गरेर नाफाघाटासँग जोडिएकाले राजनीतिकर्मीहरुप्रति जनताको सम्मान घटेको हो र राजनीतिप्रति नै वितृष्णा जागेको हो’ भन्नुभयो ।

उहाँले समाज सेवाको नाउँमा स्थापना भएका कयौं संस्थाहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको र अपारदर्शी भएको बताउनुभयो ।
कोरोना महामारीबीच जनप्रतिनिधि, स्वास्थ्यकर्मीहरु, कर्मचारी र स्वयम्सेविकाहरुले खेलेको भूमिका प्रशंसनीय छ भन्नुभयो ।

कोरोनाले समाजवादी देश र पुँजीवादी देशको राजनीतिक व्यवस्थाको भेदबारे जनतालाई बुझाउन सजिलो बनाइदिएको बताउनुहुँदै भन्नुभयो — ‘ समाजवादी देशहरु चीन, प्रजग कोरिया र क्युवामा कोरोना नियन्त्तणको लागि सरकार र जनता एकताबद्ध भएर लाग्यो छिटै नियन्त्रण गर्न सmपल भयो भने संरा अमेरिका, ब्राजिल, भारतलगायत पुँजीवादी देशहरुमा जनताको स्वास्थ्यलाई बेवास्ता गर्दा लाखौंको ज्यान गएको छ ।’

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले कोरोनको कारण स्वयम्सेविकाहरुको नियमित कार्यक्रममा अवरोध पुगेको बताउनुहुँदै स्वास्थ्य सुरक्षालाई अपनाउँदै जनताको सेवामा लागिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

जिल्ला जनस्वास्थ्य केन्द्राका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर नपाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडा—वडामा व्यायामशालाहरु राखेको, सेवालाई निरन्तरता दिइरहेको उल्लेख गर्नुहुँदै अबका दिनमा स्वास्थ्य स्वयम्सेविकाहरुले चेतनामूलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो ।

जनस्वास्थ्य केन्द्रका इन्चार्ज डा. रत्न सुन्दर लासिवाले कोभिड १९ को बेला स्वास्थ्यकर्मीहरुले खेलेको भूमिकाबारे बताउनुभएको थियो भने स्टाफ नर्स रचना सुवालले पनि बोल्नुभएको थियो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.