Explore news and happenings at Bhaktapur

भविष्य नेपाल संस्थाद्वारा रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान

२०७७ मंसिर ९ गते, मंगलबार

0

भक्तपुरमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि भविष्य नेपाल नामक गैरसरकारी संस्थाले भक्तपुर नगरपालिकालाई रु. १ लाख २५ हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत कोरोना रोकथामको लागि आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा भविष्य नेपालले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगप्रति अभार प्रकट गर्दै नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । नगर प्रमुख प्रजापतिले उहाँहरुलाई नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.