Explore news and happenings at Bhaktapur

गुरु गणेश साकोसद्वारा कोरोना रोकथामको लागि रु. ४०,०००।– आर्थिक सहयोग प्रदान

२०७७ कार्तिक ८ गते, सोमबार

0

कोरोना रोकथाम तथा नियन्त्रणको लागि गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले भक्तपुर नगरपालिकालाई रु. ४० हजार आर्थिक सहयोग प्रदान ग¥यो । भक्तपुर नपाद्वारा सञ्चालित आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा गुरु गणेश साकोसले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगप्रति अभार प्रकट गर्दै नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो । साथै नगर प्रमुख प्रजापतिले उहाँहरुलाई नगरपालिकाद्वारा प्रकाशित ‘फोटो पुस्तक’ र केही प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

 

 

Leave A Reply

Your email address will not be published.