Explore news and happenings at Bhaktapur

चाख बचत तथा ऋण सहकारी संस्थाद्वारा रु. ५० हजार आर्थिक सहयोग प्रदान

२०७७ कार्तिक २६ गते, बुधबार

0

विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई चाख साकोसले रु. ५० हजार १ सय ५ (५०,१०५।–) आर्थिक सहयोग प्रदान ग¥यो ।

भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा स्थापना गरेको आइसोलेसन केन्द्र व्यवस्थापनलगायत आवश्यक व्यवस्थाको लागि भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चाख बचतले उक्त आर्थिक सहयोग प्रदान गरेको हो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले कोभिड १९ रोकथाम र नियन्त्रणको लागि भक्तपुर नपालाई गरेको सहयोगको लागित नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.