Explore news and happenings at Bhaktapur

सामाजिक सुरक्षा भत्ता वितरण शुरु

भक्तपुर, १७ कार्तिक ।

0

भक्तपुर नगरपालिकाका वडाहरूमा सोमबार सामाजिक सुरक्षा भत्ता तथा ६० वर्ष मुनिका विधुवा र ख वर्गका अपाड्डता भएका व्यक्तिहरुलाई आर्थिक सहायता वितरण गरियो ।

आजदेखि शुरु भएको भत्ता वितरण आउने शुक्रबारसम्म वितरण गरिने भक्तपुर नगरपालिकाले जनाएको छ ।

पहिलो दिन वडा नं. १ कार्यालयले कार्यालय भवनमा ज्येष्ठ नागरिक २०२ जना, एकल महिला ५६ र ६० वर्ष मुनिका विधुवा महिला ७४ जना, अति असक्त १३ जना र पूर्ण असक्त ६ जना गरी ३५१ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

त्यस्तै वडा नं. २ कार्यालयले जेसिज् स्कूलमा ज्येष्ठ नागरिक ३३८ जना, एकल/विधवा महिला १६० जना, अति अशक्त १५ जना र पूर्ण असक्त ७ जना गरी कूल ५२० जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ३ ले वडा कार्यालय प्राङ्गणमा ज्येष्ठ नागरिक १९० जना, एकल/विधवा महिला १०० जना, अति अशक्त ११ जना र पूर्ण असक्त ४ जना गरी कूल ३०५ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ४ मा बोलाछें स्थित पोटरी स्क्वायरमा ज्14+येष्ठ नागरिक ४१४ जना, एकल/विधवा महिला १९७ जना, अति अशक्त १४ जना र पूर्ण असक्त ११ जना गरी कूल ७४० जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ५ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक २३१ जना, एकल/विधवा महिला ११४ जना, अति अशक्त ११ जना र पूर्ण असक्त ५ जना गरी कूल ३६१ जनालाई सामाजिक सुरक्षा भत्ता÷आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ६ ले वडा कार्यालय प्राङ्गणमा ज्येष्ठ नागरिक २३६ जना, एकल/विधवा महिला १०६ जना, अति अशक्त ११ जना र पूर्ण असक्त ५ जना गरी कूल ३५८ जनालाई सामाजिक सुरक्षा भत्ता÷आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ७ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक १६२ जना, एकल/विधवा महिला १३४ जना, अति अशक्त ९ जना र पूर्ण असक्त १२ जना गरी कूल ३१७ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहयता वितरण गरेको छ ।

वडा नं. ८ ले वडा कार्यालय भवनमा ज्येष्ठ नागरिक १५६ जना, एकल/विधवा महिला ७४ जना, अति अशक्त ४ जना र पूर्ण असक्त ३ जना गरी कूल २३७ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

वडा नं. ९ ले भने वडा कार्यालय भवनमा लक्षित समूह मध्ये ज्येष्ठ नागरिकहरु ३५७ जनालाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

यसरी नै वडा नं. १० ले वडा भवन पछाडिको कभर्ड हलमा ज्येष्ठ नागरिकहरु १९७ जना, एकल/विधवा महिला ८१ जना, अति अशक्त ६ जना र पूर्ण असक्त ३ जना गरी कूल २८८ जनालाई सामाजिक सुरक्षा भत्ता/आर्थिक सहायता वितरण गरेको छ ।

नपा श्रोत अनुसार कूल ७०९२ लाभग्राहीहरु मध्ये आज ३४८८ जना लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम प्राप्त गर्नुभएको थियो । उक्त सामाजिक सुरक्षा भत्ता कार्तिक २१ गतेसम्म वितरण हुनेछ ।

Leave A Reply

Your email address will not be published.