Explore news and happenings at Bhaktapur

गाईजात्रा प्रदक्षिणा मार्ग निरीक्षण

२०७७ साउन १९ गते, सोमबार

0

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग नेपालमा पनि तीव्र गतिमा संक्रमण बढिरहेको र नेपाल सरकारले काठमाडौं उपत्यकामा संक्रमण रोक्न उच्च सतर्कता अपनाइरहेको अवस्थामा ऐतिहासिक तथा सांस्कृतिक नगरी भक्तपुरमा यही २०७७ साउन १९ गतेदेखि २७ गतेसम्म गुन्हीपुन्ही (सापारू) पर्वलाई औपचारिकतामा सीमित गर्न सार्वजनिक आह्वान गरी जनस्तरमा प्रचारप्रसार गरिरहेको छ ।

गाईजात्राको पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुरका प्रजिअ हुमकला पाण्डे, प्रहरी उपरीक्षक तारादेवी थापा, गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्य, भक्तपुर नपाका वडाध्यक्ष, सशस्त्र प्रहरीहरुलगायतका टोलीले सोमबार गाईजात्रा प्रदशिक्षणा मार्ग  निरीक्षण गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले जात्राको समयमा हुनसक्ने रोग संक्रमणलाई रोक्न र आवश्यक सतर्कता अपनाउन र घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक प्रदर्शनीहरु नगर्न नगरबासीहरूलाई आग्रह गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.