Explore news and happenings at Bhaktapur

महाकाली क्षेत्र संरक्षण समितिको साधारणसभा सम्पन्न

२०७७ साल असार २० गते, शनिबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इमानदारीपूर्वक देश र जनताको सेवा गर्नु नै धर्म भएको बताउनुभयो ।

महाकाली क्षेत्र संरक्षण समितिको शनिबार सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले आसनबाट बोल्नुहुँदै उहाँले भक्तपुर नगरपालिकाले आफ्नो सम्पदा आफैले पुनःनिर्माण र जीर्णोद्धार गर्ने नीतिलाई अगाडि बढाइरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो — भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनःनिर्माण गर्न हामीले विदेश र केन्द्र तथा प्रदेश सरकारको मुख ताकेका छैनौं । जनतासँग सहयोगको लागि आग्रह ग¥यौं । ङातापोल १२ लाख भन्दा बढी आर्थिक संकलन भयो । यो भक्तपुरबासीको विशेषता हो । त्यहा“ बचेको रकम हामी अन्य सम्पदा जीर्णोद्धारमा खर्च गर्दैनौं ।

भक्तपुर नपाले शिक्षा र स्वास्थ्यमा जोड दिंदै आएको बताउनुहुँदै उहाँले आ.व. २०७७÷७८ देखि आदर निकेतन दिवा सेवा सुरु गर्ने नीति नगरपालिकाले पारित गरेको जानकारी दिनुभयो ।

किसान नेता गोविन्द दुवालले किसानहको जीवनस्तरमा परिवर्तन आउनुमा विगतका किसान आन्दोलनहरुको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुहुँदै निरन्तर जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।

भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सबै मिलेर महाकाली क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

भनपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरुषोत्तम दथेपुथेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद दथेपुथे, सचिव गोपालराम थुसा, शिक्षक गणेशप्रसाद थुसालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.