Explore news and happenings at Bhaktapur

भ्रष्टाचारविरोधी दिवसको अवसरमा भनपा वडा नं. १ को आयोजनामा भेला

0

भ्रष्टाचारविरोधी दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा एक भेला शुक्रबार सम्पन्न भयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आन्दोलनको उपलब्धि र आवश्यकता बारे नयाँ पुस्ताबीच छलफल गर्नुपर्ने र समाजमा भएको अनियमित भ्रष्टाचारबारे पनि अवगत गराउँदै लानुपर्ने बताउनुभयो ।

उहाँले परिश्रमविना आर्जन गरेको सम्पत्ति भ्रष्टाचार ठहर्ने बताउनुहुँदै देशमा अहिले विकासको नाममा अरबौं रुपैया भ्रष्टाचार भइरहेको जानकारी गराउनुभयो ।

अतिथि प्रजापतिले भक्तपुरको विशेषता भनेको आर्थिक पारदर्शिता र इमान्दारिता भएको बताउँदै न्यातापोल जिर्णोद्धारमा देखिएको जनलहरले देशभरी सकरात्मक सन्देश प्रभाव भइरहेको छ भन्नुभयो ।

उहाँले कोरोनाले गर्दा भक्तपुर नगरपालिकामा आर्र्थिक भार थपिएको बताउँदै भक्तपुर नगरपालिकाका कर्मचारीले पोशाक र खाना भत्ता बापतको रकम नगरपालिका दिर्ई सहयोग गरेकोमा आभार प्रकट गर्नुुभयो । उहाँले आन्तरिक स्रोत वृद्धि गरी आत्मनिर्भर बन्ने सोचका साथ भनपा लागेको बताउनुभयो ।

नेमकिपा भनपा वडा नं. १ का इन्चार्ज लक्ष्मीनारायण राजलवटले नेमकिपाले किसानको हकहितमा गरेको बाली काट्ने, भर्पाई जस्ता विभिन्न आन्दोलन बारे बताउँदै किसानहरु संगठित हुनु आवश्यक भएको औंल्याउनुभयो । उहाँले खोना र बोङामा भएको खेतियोग्य जमिन अधिग्रहणका कारण त्यहाँका किसान आज पनि पिडित रहेको बताउनुभयो ।

कार्यक्रममा आयोजक समितिका संयोजक एवं भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र राजन कोजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.