Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा ङातापोल मन्दिर जीर्णोद्धार कार्यको निरीक्षण

२०७७ असार १५ गते, सोमबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा स्थानीय जनताबाट भएको जनश्रमदान स्थलगत निरीक्षण गर्नुभयो । भक्तपुरको प्रसिद्ध ऐतिहासिक ङातापोल मन्दिरमा सोमबार ३ सय भन्दा बढीले जनश्रमदान गरेका छन् ।

ङातापोल मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेकोे मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताउनुभयो । नेपालकै अग्लो र संसारमै परिचित मन्दिरको जीर्णोद्धारमा आफ्नो सहभागी हुने हुँदा सबैजना उत्साहित देखिन्थे । जनश्रमदानमा अधिकांश महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ ।

भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा ङातापोल मन्दिरको जीर्णोद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना भक्तपुर नगरपालिकाको रहेको छ ।ङातापोल मन्दिर जीर्णोद्धार कार्यको निरीक्षण २०७७ असार १५ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार ङातापोल मन्दिर जीर्णोद्धार कार्यमा स्थानीय जनताबाट भएको जनश्रमदान स्थलगत निरीक्षण गर्नुभयो । भक्तपुरको प्रसिद्ध ऐतिहासिक ङातापोल मन्दिरमा सोमबार ५ सय भन्दा बढीले जनश्रमदान गरेका छन् ।

ङातापोल मन्दिर जीर्णोद्धार कार्य अन्तिम चरणमा पुगेकोले जनश्रमदान गर्न आउनेको भीड बढेकोे मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले बताउनुभयो । नेपालकै अग्लो र संसारमै परिचित मन्दिरको जीर्णोद्धारमा आफ्नो सहभागी हुने हुँदा सबैजना उत्साहित देखिन्थे । जनश्रमदानमा अधिकांश महिला दिदीबहिनीहरुको सहभागिता रहेको छ ।

भक्तपुर नगरपालिकाको ६५ लाख १३ हजारको लागत इष्टमेटमा ङातापोल मन्दिरको जीर्णोद्धार कार्य सुरु गरिएको थियो । मन्दिरको जीर्णोद्धार यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना भक्तपुर नगरपालिकाको रहेको छ ।

नगर प्रमुख प्रजापतिद्वारा ङातापोल मन्दिर जीर्णोद्धारमा जनश्रमदान गर्ने नगरबासीहरुसँग सामूहिक फोटो खिचाउँदै

 

 

केही तस्बीरहरु

 

Leave A Reply

Your email address will not be published.