Explore news and happenings at Bhaktapur

प्रमुख सुनिल प्रजापतिद्वारा नगरको ढुंगा छपाई कार्यको स्थलगत निरीक्षण

२०७७ असार ११ गते, बिहीबार

0

नेपाल सरकारको बजेटअन्तर्गत ठेकेदार मार्फत नगरका विभिन्न ठाउँहरुमा भइरहेको ढुंगा छपाई कार्यमा कम गुणस्तरको ढुंगा प्रयोग भएको जनगुनासो सुनिएपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार ती क्षेत्रहरुमा स्थलगत निरीक्षण गर्नुभयो ।
ढुंगा छपाई गर्ने क्षेत्रमा कम्तीमा ४ इन्चको ढुंगा प्रयोग गर्नुपर्नेमा सम्बन्धित ठेकेदारले मापदण्डभन्दा कम साइजको ढुंगा प्रयोग गरिएको र कमसल ढुंगाा प्रयोग भएको पाइएको हुँदा नगर प्रमुख प्रजापतिले कमसल ढुंगााको प्रयोग नगर्न र मापदण्डअनुसारको ढुंगा प्रयोग गर्न निर्देशन दिनुभयो । बाराही स्थानमा भइरहेको ढुंगा छपाई कार्य कम गुणस्तरको भएको हुँदा उहाँले ठेकेदारलाई भक्तपुर नपामा उपस्थित हुन पनि निर्देशन दिनुभयो ।

निरीक्षणका क्रममा उहाँले भक्तपुर नपा वडा नं. १ स्थित भक्तपुर अस्पतालको प्रांगणमा कोभिड–१९ को लागि बनाइएको आइसोलेसन वार्ड र आईसीयु कक्षको पनि अवलोकन गर्नुभयो । सो अवसरमा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले छिनै नै आइसियु कक्ष सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.