Explore news and happenings at Bhaktapur

ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक

२०७७ साल जेठ ३० गते, शुक्रबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक शुक्रबार बस्यो ।

बैठकमा मन्दिर उपभोक्ता समितिका संयोजक प्रजापतिले नेपालकै अग्लो ङातापोल मन्दिर जीर्णोद्धार र छाना छाउने कार्यमा उत्साहजनक रुपमा जनश्रमदान कार्य भइरहेको अवगत गराउनुहुँदै लकडाउनको समयमा पनि भक्तपुरका विकास निर्माण कार्यहरु निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले मन्दिरको जीर्णोद्धार यही आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको बताउनुहुँदै मन्दिर जीर्णोद्धार कार्यमा स्थानीय जनश्रमदान र विभिन्न क्लब, समूह तथा संघ संस्थाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ भन्नुभयो ।

बैठकमा मन्दिर उपभोक्ता समितिका अध्यक्ष केशव तमखूले मन्दिर जीर्णोद्धारमा हालसम्म सम्पन्न कार्य प्रगति प्रस्तुत गर्नुभयो । उहाँले ङातापोल मन्दिर संरक्षण कार्यको लागि हालसम्म रु. ७,४१,४०८ ।– रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको, मन्दिरको छाना छाउनका लागि २८९ जनाले श्रमदान र इ“टा सफा गर्न ३१८ जना गरी जम्मा ६०७ जनाले श्रमदान गरेको बताउनुभयो ।

बैठकपश्चात ङातापोल मन्दिर जीर्णोद्धार निर्देशक समितिका पदाधिकारीहरुद्वारा ङातापोल मन्दिरको स्थलगत निरीक्षण गरियो ।

  

Leave A Reply

Your email address will not be published.