भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरूबीच भक्तपुरको खानेपानी तथा ढल निकासको समस्याबारे मंगलबार बैठक बस्यो ।
नगरपालिकाको सभाकक्षमा बसेको बैठकले मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध भएपछि पहिलो चरणमै भक्तपुर नगरपालिकामा पठाउने र खानेपानी वितरण प्रणाली नया“ नबनुञ्जेल पुरानै वितरण प्रणालीबाट वितरण गर्ने निर्णय ग¥यो ।
भक्तपुर नगरपालिकाले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउन माग गर्दै आएको हो ।
