Explore news and happenings at Bhaktapur

लकडाउन थप कडा पार्ने गृहमन्त्रालयको निर्णय

२०७७ साल जेठ १ गते, बिहीबार

0

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अध्यक्षतामा कोरोना भाइरस संक्रमणबाट बच्न नेपाल सरकारले लगाएको लकडाउनको समयमा काठमाडौं उपत्यकाको विभिन्न नाकाबाट काठमाडौं प्रवेश गर्ने सवारीसाधन र व्यक्तिहरूको नियन्त्रण र व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा बिहीबार बैठक बस्यो ।
काठमाडौं उपत्यकाका महानगरपालिका तथा नगरपालिकाका प्रमुख र सुरक्षा निकाय प्रमुखहरूको उपस्थितिमा बसेको उक्त बैठकबाट लकडाउनको अवस्था अझ कडाइ गर्न र सुरुकै अवस्था कायम गर्न सबै उद्योग, कल—कारखाना बन्द गर्न उच्चस्तरीय समितिमा सिफारिस गर्ने, स्थानीय संघ—संस्था क्लबहरूले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भीडभाड हुन गर्ई जोखिम बढेकोले राहत वितरण कार्य स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट सामाजिक दूरी कायम हुने गरी राहत वितरण गर्ने निर्णय ग¥यो ।

बैठकले काठमाडौं उपत्यकामा जोखिम बढेसँगै अति आवश्यक काममा बाहेक उपत्यकामा प्रवेश निषेध गर्ने तथा आगमनको स्रोत नै रोक्ने, उपत्यका प्रवेशका सबै नाकाहरू अतिआवश्यक प्रयोजनमा बाहेक पूर्ण रुपमा सिल्ड गर्ने र लुकी छिपी हुने प्रवेश पूर्ण रुपमा नियन्त्रण गर्नेे निर्णय ग¥यो ।

नाका प्रवेशका स्थानीय तहलगायत अरु स्थानीय तहहरूले स्थानीय प्रशासनसँग समन्वय गरी आ—आफ्नो क्षेत्रमा रहेका होटल पार्टी प्यालेस, सामुदायिक भवनलगायतलाई सम्बन्धित स्थलहरूलाई भविष्यमा आवश्यक भएमा प्रयोग गर्न मिल्ने गरी क्वारेन्टाइन प्रयोजनको लागि लगत संकलन गर्ने र अति आवश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश गर्नुपूर्व नै आरटीडी परीक्षण गरी सोको रिपोर्ट साथमा उपत्यका प्रवेशको अनुमति लिनुपर्ने निर्णय बैठकले ग¥यो ।

बैठकले काठमाडौं उपत्यका प्रवेश बिन्दुमा पुग्नुपूर्व सुरु प्रवेश बिन्दुमै रोक्न सुरक्षा निकायले विशेष सहयोग गर्ने, स्थानीय प्रशासनको समन्वयमा उपत्यका प्रवेश गरेकाहरूको खोजी, लगत संकलन, क्वारेन्टाइन र परीक्षण गर्ने, उपत्यका प्रवेश गरेका व्यक्तिको पहिचान गरी समूह समूहमा पीसीआर परीक्षण अगाडि बढाउन पहल गर्ने, सबै सुरक्षा निकायसँग स्थानीय तहबाट व्यवस्थापन गरिने स्थानीय स्वयम्सेवकको संयुक्त संयन्त्र निर्माण गरी कोभिड १९ नियन्त्रणमा परिचालन हुनेलगायतका निर्णयहरू ग¥यो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस संक्रमणका कारण देशले आर्थिक, सामाजिक र राजनीतिक संकट भोगिरहेको र संकटको समयमा छिमेकी देश भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी नेपाली जनतालाई थप दुःख दिइरहेको बताउनुभयो ।

कोरोना संक्रमणको जोखिम न्युनीकरणमा सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुहुँदै मन्त्री थापाले यो रोगको संक्रमणबाट बच्न सिंगो विश्वका मानव जाति संघर्षरत रहेको बताउनुभयो ।

नागरिकको जीवनरक्षाको निम्ति सबैले लकडाउनलाई पालना गर्नुपर्ने आवश्यकता बोध गराउनुहुँदै उहाँले कोरोना भाइरस रोगलाई हेलचेक्र्याइँ गरेका कयौं देशहरूमा धेरै व्यक्तिहरुको ज्यान गइसकेको र सजगता अपनाएका देशहरुले यो रोगबाट विजय हासिल गरेको छ भन्नुभयो ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उपत्यकामा लकडाउन खुकुलो बनाउँदा कोरोना रोग संक्रमणको जोखिम बढेको बताउनुहुँदै घना बस्ती भएको कारण काठमाडौं उपत्यकालाई सुरक्षित राख्नु आजको आवश्यकता भएको बताउनुभयो ।

काठमाडौं उपत्यकाको विकास निर्माणमा स्थानीय जनताको सहभागिता भएमा रोगको जोखिम कम हुने बताउनुहुँदै प्रमुख प्रजापतिले देशको रक्षा गर्न खटिने सुरक्षाकर्मीहरूलाई पूर्व उच्च पदस्थ पदाधिकारीहरूले आफ्नो व्यक्तिगत सुरक्षामा खटाउनु उपयुक्त नभएको हुँदा फिर्ता बोलाइ सीमा सुरक्षामा खटाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा उपस्थित उपत्यकाका स्थानीय तहका प्रमुखहरूले लकडाउनको उल्लंघन उच्च पदस्थ व्यक्तिहरूबाटै भइरहेको र काठमाडौं उपत्यका सुरक्षित भएको खण्डमा देशको अरु ठाउँलाई संक्रमणको जोखिमबाट बचाउन मद्दत पुग्ने बताउनुभयो । उहाँहरूले संघीय र प्रदेशस्तरीय व्यवस्थित क्वारेनटाइनको बन्दोबस्त गर्नुपर्ने, लकडाउन थप कडाइ गर्नुपर्ने, प्रस्थानबिन्दुमै कडाइका साथ यात्रु र सवारीसाधनलाई प्रवेश निषेध गर्नुपर्ने, आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने निर्माण कार्य केही समयको लागि बन्द गरी उक्त निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका धारणाहरू व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.