Explore news and happenings at Bhaktapur

बुद्धजयन्ती र चण्डेश्वरी जात्रा औपचारिकतामै सीमित गर्ने

भक्तपुर । २०७७ वैशाख २१ गते, आइतबार

0

कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण यस वर्षको बुद्धजयन्ती र चण्डेश्वरीको जात्रा औपचारिकतामा सीमित गर्ने निर्णय ग¥यो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार नगरपालिकाको सभाकक्षमा जात्रासम्बन्धी सरोकारवालाहरुको बैठकले विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड १९ का कारण लाखौं व्यक्तिहरुको मृत्यु र संक्रमित बनिरहेको वर्तमान समयमा धेरै मानिस जम्मा हुनेगरी कुनै पनि जात्रा सञ्चालन नगर्ने हुँदा वैशाख २५ गते पर्ने बुद्धजयन्ती र वैशाख २४ र २५ गते पर्ने चण्डेश्वरीको जात्रालाई सामान्य विधि प्रक्रियामै सीमित गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै भक्तपुर नगरपालिकाले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका जात्राहरु औपचारिकतामै सीमित गर्ने निर्णय गरिरहेको छ ।

बैठकमा उपस्थित जात्रासँग सम्बन्धित सरोकारवालाहरुले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै जात्रालाई सामान्य पूजाआजा र सामान्य विधि प्रक्रियामै सीमित गर्ने र अनावश्यक भीड जम्मा हुन नदिन जात्राका नाइकेहरु मात्र बसेर जात्रा सञ्चालन गर्ने विचार व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.