Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापति अस्पताल निरीक्षणमा

२०७७ बैशाख १६ गते मंगलबार ।

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पतालको निरीक्षण गर्नुभयो । उहाँले विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणमा भक्तपुर अस्पतालले गरिरहेको कार्यको निम्ति स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर अस्पतालले हाल गरिरहेको कामको जानकारी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुमित्रा गौतमबाट लिनुभयो ।
सो अवसरमा अस्पताल रिट्रोफिटि· गर्दा आवश्यक पर्ने अस्थायी संरचना निर्माण गरिरहेको कामको पनि उहाँले अवलोकन गर्नुभयो । उक्त संरचना निर्माण गर्न भक्तपुर नगरपालिकाले रेट्रोफिटि·को काम नसकुन्जेल २ वर्षको लागि स्वीकृति दिएको थियो ।

भक्तपुर अस्पताल प्रदेश अन्तरगतको अस्पताल हो । अस्पतालका सुपरिटेण्डेण्ट डा. गौतमले अस्पतालको प्रगतिको निम्ति निरन्तर सेवाको भावनाले काम गरिरहेको बताउनुभयो ।

“सबै चिकित्सक र कर्मचारीहरुबीचको राम्रो समन्वयले अझ बढी काम गर्ने उत्साह छ” – उहाँले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.