Explore news and happenings at Bhaktapur

बिहान १० बजेदेखि १२ बजे सम्ममात्र पास उपलब्ध गराउने

भक्तपुर । २०७६ चैत १२ गते, बुधबार

0

कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको जोखिमबाट बचाउने उद्देश्यले नेपाल सरकारले चैत ११ गतेबाट लागु हुने गरी देशव्यापी रुपमा गरेको लकडाउनको समयमा अति आवश्यक बस्तुहरुको आपूति र शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी हुमकाला पाण्डेको अध्यक्षतामा भक्तपुर जिल्ला सुरक्षा समितिको बैठक बुधबार बस्यो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले अल्पआकस्मिक परिस्थितिमा पास आवश्यक परे पास आवश्यक पर्नुका कारण र औचित्य पुष्टि हुने प्रमाण तथा कागजातहरु पेश गरेपछि मात्र (बिहान १० बजेदेखि १२ बजे सम्म) मात्रपास उपलब्ध गराउने निर्णय ग¥यो ।

उक्त बैठकले अति आवश्यक सेवा प्रवाह गर्ने व्यक्ति वा संस्था (एम्बुलेन्स, स्वास्थ्यकर्मी, फार्मेसीमा काम गर्ने) को परिचय पत्रलाई नै आधार मानी आवागमन गर्न दिने निर्णय ग¥यो । दैनिक आवश्यक पर्ने खानेपानी, खाद्यपदार्थ, तरकारी, दुधजन्य पदार्थ, घरायसी प्रयोजनको पानी आपूर्ति गर्ने व्यक्ति संस्थालाई पनि सामाग्रीहरु यकिन गरी आवागमन गर्न दिने निर्णय बैठकले गरेको छ ।

बैठकले भक्तपुर जिल्लाभित्र बसोबास गरिरहेका कुनै व्यक्तिलाई यस विषम् परिस्थितिमा खाने, बस्ने समस्या परेमा त्यस्ता व्यक्तिहरुको अवस्था बुझी सहयोग गरिदिनु हुन स्थानीय तहहरुमा अनुरोध गर्ने र दैनिक उपभोग्य वस्तुहरु सब्जी, फलफूल, मासु, दाल, चामल, तेल, पानी, दुध, खाना पकाउने ग्यास, साबुन—स्यानिटाइजर, घरायसी बिजुलीका सामानहरु, बिहान ४ बजेदेखि ७ बजेसम्म बिक्री वितरणको व्यवस्था मिलाउने प्रस्ताव मन्त्रालयमा पठाउने निर्णय ग¥यो ।

Leave A Reply

Your email address will not be published.