Explore news and happenings at Bhaktapur

कोरोना (कोभिड–१९) संक्रमितका लागि छुट्टै बेडको व्यवस्था गर्न भक्तपुर नगरपालिकाद्वारा अनुरोध

२०७६ फागुन २८ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित ६ वटा स्वास्थ्य संस्थाहरुः भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त अ· प्रत्यारोपण केन्द्र, डा. ईवामुरा मेमोरियल अस्पताल, सिद्धि स्मृति महिला तथा बाल अस्पताल र जनस्वास्थ्य केन्द्रलाई कोरोना (कोभिड–१९) को संक्रमण प्रति सजगता, रोकथाम तथा नियन्त्रणको लागि छुट्टै बेडको व्यवस्था मिलाउने सम्बन्धमा पत्राचार गरिएको छ ।

पत्रमा कोभिड–१९ को संक्रमण विश्वव्यापी रुपमा फैलिने क्रममा रहेको र छिमेकी मुलकुमा यसको प्रभावको कारण नेपाल पनि सम्भावित जोखिम क्षेत्रमा रहेको हुँदा यस रोगको संक्रमण प्रति सजगता, रोकथाम तथा नियन्त्रणको लागि यस नगरपालिका क्षेत्रभित्र रहेका सबै अस्पताल, स्वास्थ्य केन्द्रहरुमा उपलब्ध क्षमतालाई ध्यानमा राखी आकस्मिक अवस्थामा प्रयोग गर्न सकिने गरी आवश्यक न्यूनतम मात्रामा छुट्टै बेडको व्यवस्था मिलाउन र विरामीहरुको प्रारम्भिक जाँच, परीक्षण गर्ने र सघन जाँच परीक्षण गर्नुपर्ने देखिएमा प्रादेशिक तथा केन्द्रीय अस्पतालहरुमा रिफर गरी पठाउने व्यवस्था गर्न तथा कोभिड–१९ को संक्रमण, यसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमहरु संचालन गर्न पनि अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.