Explore news and happenings at Bhaktapur

भक्तपुर महोसत्वको तयारीमा सहकारीकर्मीहरुको भेला

भक्तपुर । मिति २०७६ फागुन ८ गते, बिहीबार

0

भक्तपुर महोत्सवको तयारीमा भक्तपुर नपाले बिहीबार भक्तपुर नगरभित्रका सहकारीकर्मीहरुको भेला कार्यक्रम सम्पन्न ग¥यो ।

कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर महोत्सवमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन आह्वान गर्नुहुँदै सहकारीले गरिरहेका कुरा भक्तपुर महोत्सवमा प्रदर्शन गर्न पनि आह्वान गर्नुभयो ।

महोत्सव भन्दैमा जथाभावी पैसा असुल्ने, मनोरञ्जनको नाममा विकृति फैलाउने काम गर्न नहुने बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सवलाई सबैले अवसरको रुपमा प्रयोग गरी भक्तपुरका राम्रा कुरालाई देशविदेशमा सकारात्मक प्रचार गर्नुपर्छ भन्नुभयो ।

सहकारीको माध्यमबाट पनि सहकारीमा भक्तपुरलाई नमुना सहरको रुपमा परिचित गर्न सहकारीकर्मीमाझ आह्वान गर्नुहुँदै उहाँले देशको पर्यटनको लागि टेवा दिन भक्तपुर महोत्सवको आयोजना भएको बताउनुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले महोत्सवको समयमा नगरको सरसफाइको निम्ति फोहरमैला व्यवस्थापनबारे पनि छलफल भइरहेको बताउनुहुँदै भक्तपुर महोत्सव सफल बनाउन सहकारीकर्मीहरुले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सवका आकर्षण र विशेषताबारे प्रस्तुतीकरण देखाउनुभएको थियो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोविन्द लाखाजुले पनि महोत्सवलाई उल्लासमय ढंगले सम्पन्न गर्नुपर्नेलगायतका धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित सहकारीकर्मीहरुले ‘महोत्सवको विषयमा आ–आफ्ना जिज्ञासा र धारणाहरु प्रस्तुत गरेका थिए ।

 

Leave A Reply

Your email address will not be published.