Explore news and happenings at Bhaktapur

भक्तपुर महोत्सव तयारीका लागि भनपामा कर्मचारी भेला

२०७६ फागुन ६ गते मंगलबार

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि चैत्र ४–८ गतेसम्म हुन गईरहेको भक्तपुर महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न कर्मचारीहरुको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गर्नुहुँदै भक्तपुर नगरवासीमा भएको सीप प्रदर्शन गर्नका लागि भक्तपुर महोत्सव सुवर्ण अवसर भएको बताउनुभयो ।

भक्तपुरलार्ई जीवनमा एक पटक पुग्नैपर्ने गन्तव्यको रुपमा विकास गर्न सिङ्गो भक्तपुरका जनता लाग्नुपर्ने र त्यसका लागि जनप्रतिनिधिहरुको नेतृत्व, कर्मचारीहरुको लगनशीलता, व्यवसायीहरुको आतिथ्यता, स्वास्थ्यकर्मीहरुको कर्तव्यनिष्ठता लगायत सम्पूर्ण नगरबासीहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुहुँदै उहाँले क्युवामा जस्तो एक मनको एकता भए जस्तोसुकै कठिन कार्यमा पनि सफलता हासिल गर्न सकिन्छ भन्नुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले महोत्सवमा सम्पदा लगायत नगरको हरेक क्षेत्र, टोल, गल्लीको सरसफाईलाई विशेष ध्यान दिनुपर्ने बताउनुहुँदै अवलोकनकर्ताले राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई केलाउने हुँदा सबै खाले चुनौती सामना गर्न हामी सक्षम हुनुपर्ने बताउनुभयो ।
नगरपालिकाले महोत्वसको तयारीस्वरुप दिनहुँ जसो समितिहरु मार्पmत विभिन्न सरोकारवालाहरुसँग बसी महोत्सवको व्यापक तयारी गरिरहेको जानकारी गराउनुहुँदै बाँकी पाँच दिने महोत्सवमा साँस्कृतिक महोत्सव गर्ने योजना रहेको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाको आयोजनामा यहि फागुन ८–१२ सम्म हुने अन्तर नगर एथ्लेटिक्स प्रतियोगितामा भनपा लगायत १६ वटा नगरपालिकाले भाग लिएको जनाकारी दिनुहुँदै प्रतियोगिताको विभिन्न इभेन्टबारे जानकारी गराउनुभयो ।
उहाँले भक्तपुर महोत्सवको तयारीमा नगरपालिका तदारुकताका साथ अगाडि बढिरहेको छ भन्नुहुँदै भक्तपुरमा रहेको मूर्त र अमूर्त सम्पदाहरु देखाउने यो सुनौलो मौका भएकोले कर्मचारीहरुले आ–आप्नो ठाउँबाट मिहिनेत र लगनशीलताका साथ महोत्सवको तयारी तथा प्रचार प्रसारमा लाग्नुपर्ने आवश्यकताबोध गराउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर महोत्सव सिङ्गो भक्तपुरबासीले उल्लासमय तरिकाले सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव बारे संक्षिप्त जानकारी प्रस्तुति मार्फत उपस्थित कर्मचारीहरुलाई प्रष्ट्याउनुभयो भने कर्मचारी ओमप्रसाद धौभडेलले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.