Explore news and happenings at Bhaktapur

अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ

भक्तपुर, २०७६ माघ १५ गते बुधबार ।

0

भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार अरनिको सभाभवन निर्माणस्थल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो । पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत बोल्नुहुदैं भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले अरनिको सभाभवन निर्माणका लागि २८ रोपनी क्षेत्रफल छुट्याइएको जानकारी दिनुभयो । भवन निर्माणको लागि लागि प्रदेश सरकारबाट बजेट दिने आश्वासन समेत प्राप्त भएको बताउनुभयो । सोही कार्यक्रममा बोल्नुहुदैं वातावरण समितिका सदस्य तथा वडा नं ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुरको ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक सम्पदा, पोखरी लगायत ठाउँहरुमा विगत ३ दशक देखि भक्तपुर नगरपालिकाले जोड दिदै आइरहेको समेत बताउनुभयो । नगरलाई सुन्दर सहर निर्माणको लागि नगरपालिका लागिपरेको बताउनुहुदैं प्लाष्टिकजन्य वस्तु वातावरणीय समस्याको कारक तत्वको रुपमा रहेको समेत चर्चा गर्नुभयो ।

त्यस्तै वडा सदस्य गोविन्द दुवालले सरसफाईको कार्यक्रम उदाहरणीय बन्दै गइरहेको र नेमकिपाले माओत्से तुङ विचारधारा आत्मसात गरी जनताको निम्ति कार्यहरु गरिरहेको समेत बताउनुभयो र भूकम्प पिडित जनताको लागि रकम पर्याप्त नभएकोले आवाज उठाइरहेको कुरा समेत व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सदस्य सिद्धिराम अवाल, वडा सचिव जितबहादुर खाईजू, शिक्षक गणेशराम थुसा लगायतले पनि बोल्नुभएको थियो । सरसफाइ कार्यक्रममा ख्वप कलेज, ख्वप मावि, दराइजिङ इङ्लिस स्कुल, प्रभात इङ्लिस स्कुल, गोल्डेन गेट इङ्लिस स्कुल, लसकुस साकोस, चोछें छुमा गणेश साकोस, श्रमजिवी साकोस लगायत स्थानिय जनताको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.