Explore news and happenings at Bhaktapur

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठक सम्पन्न

भक्तपुर । २०७६ पुस २३ गते, बुधबार

0

२०७६ माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस भव्य रुपमा सम्पन्न गर्न बुधबार भक्तपुर नगरपालिकाको आयोजनामा २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।

बैठकले सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुर दरवार क्षेत्रमा २०७६ माघ २ गते बिहीबार दिनको १ः३० बजे भव्यताका साथ सम्पन्न गर्ने निर्णय ग¥यो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वमा लामगाल पुखु, भनपा १० बाट मध्यान्ह १२ वजेबाट ¥याली गर्ने निर्णय ग¥यो । सो स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापन सम्वन्धि विशेष प्रस्तुती रहने व्यवस्था गरेको छ ।

¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (जगाति वृत्त) (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), भनपा बडा नं. ६ देखि १० सम्मका सबै जनप्रतिनिधिहरु, भनपाद्धारा संचालित कलेजहरु, भनपा वडा नं. ६ देखि १० सम्मका सा“स्कृतिक समूहहरु, धिमे बाजा, बा“सुरी बाजा, माक प्याख“, लाखे प्याख“, भनपा वडा नं. ६ देखि १० सम्मका विद्यालयका स्काउट ट्रुपहरु र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहनेछ । ¥याली लामगाल पुखुबाट सुरु हु“दै नवदुर्गा – गछेें – सकोलान – दत्तात्रय – इनाचो – गोल्मदी – सुकुलढोका – त्रिपुरा सुन्दरी हु“दै दरवार क्षेत्रमा सभामा परिणत हुनेछ ।

यसैगरी भक्तपुर नपाका उपप्रमुख रजनी जोशीको नेतृत्वमा भाज्या पुखुबाट मध्यान्ह १२ बजे भाज्या पुखु – इनागा – भार्वाचो – तेखापुखु – बंशगोपाल – नासमना – तालाक्व – टौमढी – क्वाछें – साकोठा हुँदै दरवार क्षेत्रमा पुगी सभामा परिणत हुनेछ । ¥याली सुरु हुनु अघि भनपा विपद व्यवस्थापन समितिबाट आगलागी नियन्त्रण सम्वन्धि प्रयोगात्मक प्रस्तुती र नेपाल रेडक्रस सोसाइटीबाट बिशेष प्रस्तुती रहनेछ । ¥यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (व्यान्डसहित), भनपा बडा नं. १ देखि ५ सम्मका सबै जनप्रतिनिधिहरु, भनपा वडा नं. १ देखि ५ सम्मका सा“स्कृतिक समूहहरु धिमे बाजा, बा“सुरी बाजा, माक प्याख“, लाखे प्याख“, भनपा वडा नं. १ देखि ५ सम्मका विद्यालयका स्काउट ट्रुपहरु, ख्वप मावि र नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहने व्यवस्था बैठकले गरेको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोहको सचेतना ¥यालीको दुवै रुटमा सुरक्षा निकायबाट व्यान्ड बाजा टोलीलाई सहभागी गराउन मूल समारोह समितिमार्फत नेपाल सरकार गृह मन्त्रालय र रक्षा मन्त्रालयमा अनुरोध गर्ने बैठकले निर्णय ग¥यो ।

बैठकले माघ २ गते भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला प्रदर्शनी हुने र ती कार्यक्रमहरुका लागि सम्वन्धित कलेजहरुलाई व्यवस्थापनको लागि जिम्मेवारी दिने निणर्य ग¥यो ।

साथै राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा मिति २०७६ माघ ३ गते, शुक्रबार विहान ९ बजे ख्वप इन्जिनियरिङ कलेजको सभाकक्ष, लिवाली, भक्तपुरमा भूकम्प इन्जिनियरिङ विषयमा राष्ट्रिय सम्मेलन हुने र कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्वन्धित कलेजहरुलाई नै दिने निर्णय ग¥यो ।

आज सम्पन्न राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को व्यवस्थापन उपसमितिको बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, भक्तपुर जिल्लाका प्रजिअ हुमकला पाण्डे, भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)का उपाध्यक्ष विजयकृष्ण उपाध्याय, वीरदल गण सूर्यविनायकका शिवप्रसाद पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, नेपाल रेडक्रस सोसाइटी, कर्मचारी, पत्रकार, भक्तपुर उद्योग वाणिज्य संघ, ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

 

Leave A Reply

Your email address will not be published.