Explore news and happenings at Bhaktapur

भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ साधारणसभा सम्पन्न

भक्तपुर, ४ पुस ।

0

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर श्रमिक बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ साधारणसभा शुक्रबार सम्पन्न भयो ।

कार्यक्रममा अतिथि बिजुक्छेँले नगरको चौतर्फि विकासको निम्ति सबै कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभाउनुपर्छ भन्नुभयो ।
सफाइ मजदुरहरूको मेहनतले नै सरसफाइमा भनपा सुपरिचित नगरको रूपमा अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “व्यक्तिमा रहेको खराब आचरण र व्यवहारलाई सुधार्न र कमी–कमजोरी सच्याउन आलोचना र आत्मालोचना गर्नु आवश्यक छ ।”

नक्सा पासको प्रक्रियामा भनपाबारे आलोचना बढिरहेको जानकारी गराउ“दै अध्यक्ष रोहितले भन्नुभयो, “नगर÷वडा निरीक्षककै कमजोरीको कारण धेरै गुनासो आइरहेको छ । नगरवासीको गुनासोलाई नगरपालिकाले समयमै निवारण गर्नुपर्छ ।”
नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगरको निजी घरको नक्सा लेख्न नहुने चर्चा गर्दै उहाँले नक्सा पासको महत्वबारे जनतालाई बुझ्ने ढङ्गले सम्झाउनुपर्ने र पास भएको नक्साअनुसारमात्र घर बनाउनुपर्छ भनी जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भनपाका प्रमुख सुनिल प्रजापतिले सहकारीबाट लिएको ऋणलाई सही ढङ्गमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै सहकारीमा कार्यरत कर्मचारीहरूले इमानदारीपूर्वक सेवाभावले काम गर्नुपर्छ भन्नुभयो ।
केही कर्मचारीहरूमा रहेको गलत अनुशासन र व्यवहारको कारण समुच्च नगरपालिकाप्रति नकारात्मक भावना फैलनसक्नेप्रति सचेत गराउँदै प्रमुख प्रजापतिले भन्नुभयो, “कर्मचारीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति र घट्नाक्रमबारे जानकारी राख्नुपर्छ । कर्मचारीहरूमा देशभक्तिको भावना हुनैपर्छ ।”
नेपालमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीको हस्तक्षेप बढिरहेको चर्चा गर्दै उहाँले नेपाली भूमि र सीमा अतिक्रमण गरेकोबारे स्पष्ट गर्नुभयो ।

कार्यक्रममा भनपा आर्थिक समितिका संयोजक एवम् वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, भनपा कर्मचारी एसोसियसनका अध्यक्ष गौतमप्रसाद लासिवा र संस्थाका सदस्य दिलकृष्ण माकले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष साहिला वैद्य र व्यवस्थापक रामसुन्दर सुजखूले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.