Explore news and happenings at Bhaktapur

लक्ष्मी नरसिंह मन्दिर र इखालाछी मठ पुनःनिर्माण उपभोक्ता समिति गठन भेला

कार्तिक २५ गते, सोमबार

0

भक्तपुर, २५ कार्तिक । भक्तपुर नगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा स्थानीय जनताको एक भेला राखी गःहिटीस्थित लक्ष्मी नरसिंह मन्दिर र भेल्पा तालाक्वस्थित इखालाछि मठ पुनःनिर्माण गर्न उपभोक्ता समिति गठन गरियो ।

भेलामा भनपाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुरको निर्माण उपभोक्ता समितिमार्फत हुँदै आएकोले निर्माण लागत निकै कम भएको बताउनुभयो ।
भक्तपुरले राष्ट्रिय स्वाभिमान गुम्ने खालको विदेशी सहयोग इन्कार गरेको कुरा राख्दै भूकम्पपश्चात् धेरै पुरातात्विक सम्पदा नगरपालिकाकै बजेटमा पुनःनिर्माण सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले गर्ने हरेक काम अरु नगरपालिकाको निम्ति उदाहरणीय काम भइरहेको विचार राख्दै उहाँले वडा–वडामा राखेका व्यायामस्थलको महत्वबारे चर्चा गर्नुभयो ।

स्थानीय वडाध्यक्ष कुमार चवालको सभापतित्वमा भएको उक्त भेलामा नगर सभा सदस्य कृष्णलक्ष्मी दुवाल, राजेन्द्र माक र न्हुछेराम भेलेले उपभोक्ता समितिको महत्वबारे प्रकाश पार्नुभयो ।

भेलाले न्हुछेराम भेलेको अध्यक्षतामा नौ सदस्यीय गःहिटी लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण समिति र पुरुषोत्तम तमखुको अध्यक्षतामा नौ सदस्यीय भेल्पा तालाक्वस्थित इखालाछि मठ पुनः निर्माण उपभोक्ता समिति गठन ग¥यो ।

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.