Explore news and happenings at Bhaktapur

प्रजग कोरियाली प्रतिनिधिमण्डल भक्तपुर अवलोकनमा

२०७६ कार्तिक २३ गते, शनिबार

0

भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले शनिबार प्रजग कोरिया, प्योङयाङ सहर जनसमितिका अध्यक्ष छा हीन रिमको नेतृत्वमा आउनुभएका कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्रको प्रवेशद्वार (लयाकु ध्वाका) मा पुष्प गुच्छा र भाँदगाउँले टोपी लगाइदिनुभएर स्वागत गर्नुभयो ।

प्रमुख प्रजापतिले कोरियाली प्रतिनिधिमण्डललाई भक्तपुर दरबार क्षेत्र, तलेजु मन्दिर, पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गर्नुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेको विकास निर्माण र सम्पदा संरक्षणबारे बिस्तृतमा अवगत गराउनुभयो ।

कोरियाली प्रतिनिधिमण्डल टोलीमा प्योङयाङ सहर अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक री सोन हो, इन्धन व्यवस्था विभागका निर्देशक री जुन छुन, मोरानबोङ जनसमितिका अध्यक्ष चोइ हुइ ताई, प्योङचोन जिल्ला जनसमिति अध्यक्ष रीजी नाम, प्योङयाङ सहर जनसमिति अधिकृत जो यून सीक र प्रजग कोरिया–नेपाल मैत्री समाजका सचिव सो· हो इलको उपस्थित हुनुहुन्थ्यो ।

Leave A Reply

Your email address will not be published.