Explore news and happenings at Bhaktapur

नेपाल र चीन असल छिमेकी–प्रमुख प्रजापति

भक्तपुर, २१ असोज ।

0

चिनियाँ समाचार संस्था सिन्ह्वाको प्रतिनिधिमण्डलले मङ्गलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो ।
भक्तपुर नगरपालिकाको कार्यकक्षमा भएको उक्त भेटघाट कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेपाल र चीन असल छिमेकी भएको चर्चा गर्दै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीनको एक देश दुई शासन व्यवस्थाको नीतिलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौँ ।”
चिनियाँ राष्ट्रपति सी चिन फिङले प्रस्तुत गर्नुभएको ‘एक क्षेत्र एक मार्ग’ कार्यक्रमले चीनलाई मात्र होइन संसारलाई नै नयाँ दिशा दिएको चर्चा गर्दै प्रमुख प्रजापतिले चिनियाँ राष्ट्रपतिको केही दिनपछि नेपाल भ्रमण हुने समाचारले नेपालीहरू उत्साहित भएको र भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले २०७२ को भूकम्पले क्षति भएका भक्तपुरका ११५ सम्पदाहरूमध्ये ८७ वटा सम्पदा पुनःनिर्माण भइसकेको र ८ हजार घरको क्षति भएको जानकारी दिनुभयो ।

सम्पदा निर्माणको लागि भनपाले वैदेशिक सहयोग स्वीकार्ने तर सर्तसहितका सहयोग भनपालाई स्वीकार नहुने उहाँले बताउनुभयो ।

भेटवार्ताको क्रममा चिनियाँ पत्रकारहरूले काठमाडौँ अवलोकनको क्रममा चीनको सहयोगमा पुनःनिर्माण भइरहेको वसन्तुपर दरबारबारे चर्चा गर्दै चिनियाँ प्राविधिकहरूले नेपाली प्राविधिकहरूबाट धेरै सिकेको जानकारी दिनुभयो ।

नेपाल–चीनबीच कला–सांस्कृतिक आदानप्रदान अरनिकोको समयदेखि भइरहेको र हाल पनि निरन्तरता पाएकोमा चिनियाँ पत्रकारहरूले खुसी व्यक्त गर्नुभयो । प्रतिनिधिमण्डलमा पाकिस्तान र हङकङमा कार्यरत सिन्ह्वाका संवाददाताहरूको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.