Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाका सफाइ मजदुरबीच बडा दशैंको शुभकामना आदानप्रदान

२०७६ असोज १८ गते, शनिबार

0

भक्तपुर नगरपालिकामा कार्यरत सफाइ कर्मचारीबीच दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
भक्तपुर नगरपालिकामा कार्यरत सफाइसँग सम्बन्धित कर्मचारीहरूबीच शनिबार नेपालीहरूको महान् चाड बडा दशैंको अवसरमा शुभकामना आदान कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाका सफाइ मजदुरहरूकै कारण नगरको सरसफाइ सम्भव भएको बताउनुहुँदै दशैंको समयमा सबैले आ–आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कार्यालयको पोशाक लगाएर अवाञ्छित कार्य गर्दा संस्थाको पनि बद्नाम हुनेतर्फ सचेत पार्नुहुँदै प्रमुख प्रजापतिले चाडबाडको समयमा जाडरक्सी, लागुपदार्थ सेवन गर्ने बानी त्याग्दै जानु आवश्यक भएको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले चाडपर्वको वैज्ञानिक विषय अंगीकार गरी अन्धविश्वासलाई हटाएर उल्लासमय ढंगले दशैं मनाउन आग्रह गर्नुभयो ।

उहाँले कार्तिक २३ र २४ गते भक्तपुरको नःपुखुमा हुने नेपालभाषा साहित्य तःमुंज्यामा पनि सहभागिताको लागि आह्वान गर्नुहुँदै दशैंको समयमा पढ्न र लेख्न प्रेरित गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य, कार्यपालिका सदस्य सुनिता अवाल, भक्तपुर नपा श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवाल, वडानिरीक्षक रमेश तुईतुईले पनि दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.