Explore news and happenings at Bhaktapur

भनपा र नेपाल नगरपालिका एशोसिएसन, भनपा समितिको आयोजनामा शुभकामना कार्यक्रम

२०७६ असोज १७ गते शुक्रबार ।

0

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)को प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका र नेपाल नगरपालिका एशोसिएसन, भनपा समितिको संयुक्त आयोजनामा विजया दशमी २०७६ को शुभकामना आदान प्रदान तथा मार्गदर्शन कार्यक्रम बिहिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले दशैंको समयमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण हुने हुँदा कर्मचारीहरुले विदाको समयमा पनि सरसफाइलाई निरन्तरता दिनुपर्ने बताउनुहुँदै समाजवादी देशहरुमा अतिरिक्त समय सेवा गरेवापत पैसाभन्दा सम्मान दिइने जानकारी गराउनुभयो ।
उहाँले चाडबाडको समयमा खानेकुरामा सन्तुलित भोजन मात्र सेवन गर्नुपर्ने र आवश्यकता भन्दा बढी खानेकुरा खान नहुने बताउनुभयो ।
समाज राम्रो बनाउन अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने भएकोले आपूmले राम्रो काम गरेर आफ्ना सन्तानहलाई सदाचार, अनुशासन, मीठो बोल्न सिकाउनुपर्ने बताउनुहुँदै नेता बिजुक्छेँले नगरलाई राम्रो बनाउन नगरपालिकाको अगुवाई आवश्यक भएको कुरा बताउनुभयो ।

कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले व्यक्तिको क्षणीक गल्तीले जीवनमा ठूलो बर्बादी निम्तिनेमा सचेत पार्नुहुँदै दशैंको समयमा अवाञ्छित क्रियाकलापबाट टाढा रहनुपर्ने र खानपानको विषयमा पनि सचेत हुनु आवश्यक रहेको बताउनुभयो ।
दशैं विदाको समयमा पनि सफाई मजदुरहरुले नगरलाई सफा पार्न सक्रिय हुनुपर्ने र चाडबाडको समयमा फोहोर तुलनात्मक रुपमा बढी हुने हुँदा जिम्मेवारीपूर्वक काम गर्न प्रेरित गर्नुभयो ।
प्रमुख प्रजापतिले जनप्रतिनिधिहरुले नीति निर्माण गर्ने र कर्मचारीहरुले त्यसको सफल कार्यान्वयन गराउने हुनाले यी दुई बीचको आपसी समन्वय भए मात्र व्यवस्थित र सन्तुतिल काम गर्न सम्भब हुने बताउनुभयो ।
उहाँले नगरपालिकाको निर्देशन अनुसार काम नगर्ने कर्मचारीहरु दण्ड सजायको भागीदार हुने र नगरपालिकाले गरेको काममा पैसाभन्दा सेवाभावले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले कर्मचारीहरुलाई व्यवहारिक बन्दै सिद्धान्तमा टेकेर भक्तपुर नगरपालिकालाई नमूना नगरपालिकाको रुपमा अगाडि बढाउँदै लानको लागि हरेक क्षेत्रमा जनप्रतिनिधिहरुलाई कर्मचारीहरुको साथ र सहयोगको आवश्यकता रहेको औल्याउनुहुँदै भक्तपुर नगरपालिका शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले प्रदेश सरकार अन्तर्गत रहेको भक्तपुर अस्पताल आपैmं बिरामी अवस्थामा रहेको बताउनुहुँदै कर्मचारी समायोजनका कारण संघीय सरकारअन्तर्गतका अस्पतालहरुमा विशेषज्ञ डाक्टरहरुको आकर्षण बढेको हुँदा भक्तपुर अस्पतालमा समस्या देखिरहेको बताउनुभयो ।
भक्तपुर अस्पतालमा पनि भ्रष्टाचारका कुराहरु बाहिरिंदै आएको तथ्य सार्वजनिक गर्दै वडाध्यक्ष ज्याख्वले जनताको सरोकार भएको अस्पतालको आर्थिक गतिविधि पारदर्शी गर्नुपर्ने बताउनुभयो ।

उहाँले भक्तपुरका मुख्य मुख्य सम्पदा निर्माण पश्चात मात्र भक्तपुर महोत्सव आयोजना गर्नु उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालाले जनप्रतिनिधिहरु छोटो अवधिमा नतिजामूखी कार्य गर्न चाहने तर कर्मचारीहरु प्रकृयामूखी हुने हुनाले केही नीतिगत समस्या हुने बताउनुहुँदै जनप्रतिनिधिहरुले लिएको नीति निर्देशनलाई पालना गर्नु कर्मचारीको प्रमुख दायित्व रहेको बताउनुभयो ।

निर्वमान प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले भक्तपुर नगरपालिकामा कार्यरत रहँदाको क्षणको स्मरण गर्नुहुँदै भक्तपुर नपा स्थानीय तहमा स्वायत्तता कार्यान्वयन गराउनमा उदाहरणीय रहेको स्मरण गर्नुभयो । उहाँको कार्यकालमा अधिकतम योजनाहरु उपभोक्ता समिति मार्पmत गरिएको र उपभोक्ता समिति मार्पmत गरिएको कार्यमा अपनत्व कायम हुने र सहज वातावरणमा कार्य हुने हुँदा ठेक्का कार्यभन्दा बढी गुणस्तरीय रहेको पनि जानकारी दिनुभयो ।

नेपाल नगरपालिका एसोसिएसन, भक्तपुर नपाका अध्यक्ष गौतम प्रसाद लासिवाले विगतका कार्यकारी अधिकृतहरु र प्रमुख प्रशासकीय अधिकृतहरुको बारेमा जानकारी दिनुहुँदै विभिन्न अवधिमा भएका उल्लेखनीय कार्यहरुको चर्चा गर्नुहुँदै नगरपालिकालाई अगाडि बढाउन कर्मचारीहरुले खेल्नुपर्ने भूमिकाको विषयमा जानकारी गराउनुभयो भने भनपा वडा नं २ का वडासचिव राजेश दिस्तीले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा सरुवा भई आउनुभएका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइरालालाई भादगाउँले कालो टोपी लगाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीलाई विदाई गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.