Explore news and happenings at Bhaktapur

संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा सम्पन्न

भक्तपुर, २८ भदौ ।

0

भनपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा संगम बचत तथा ऋण सहकारी संस्थाको बा¥हौ“ साधारणसभा शनिबार सम्पन्न भयो ।

सभामा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले सदस्य सङ्ख्या बढाउने र नाफा कमाउने भन्दा पनि सामूहिक हितलाई ध्यान दिएर समाज विकासमा सहयोगीको भूमिका खेल्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो ।

उहा“ले भन्नुभयो, “काठमाडौ“ उपत्यकामा खेतीयोग्य जमिनहरुमा भएको बस्ती विकास र नया“ पुस्ता कृषि पेशाबाट टाढि“दै जानु चिन्ताको विषय हो । नया“ पुस्तालाई सीपमूलक तालिमलगायत व्यक्तिŒव विकासमा सहयोग पुग्ने विभिन्न क्रियाकलाहरु सहकारीले सञ्चालन गर्नु आवश्यक छ ।”

भक्तपुर नगरपालिकाको मुख्य आम्दानी भनेको पर्यटन शुल्क रहेको जानकारी दि““दै प्रमुख प्रजापतिले पर्यटनस“ग सम्बन्धित उद्योग र व्यवसायहरु सञ्चालन गर्ने सोच राख्न सहकारीकर्मीहरुलाई सुझाव दिनुभयो ।

भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको अनियमितता र भ्रष्टाचारविरुद्ध नगरपालिका अगाडि बढिरहेको उहा“ले बताउनुभयो ।

संस्थाका अध्यक्ष कृष्णगोपाल छुस्याकीको सभपातित्वमा भएको कार्यक्रममा भनपा वडा नं. ४ का वडा अध्यक्ष कुमार चवाल, वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्य, सहकारी विभागका पूर्व उपरजिष्ट्रार विष्णुप्रसाद घिमिरे, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णगोविन्द लाखा, संस्थाका सल्लाहकार न्हुछेराम भेले, पूर्वअध्यक्ष रामप्रसाद सिबन्जार र राजाराम चवालले पनि बोल्नुभएको थियो ।

सभामा संस्थाको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत भएको थियो ।
कार्यक्रममा अतिथि प्रजापतिले ज्येष्ठ सदस्यहरुलाई सम्मान गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.