Explore news and happenings at Bhaktapur

असल गुरू बन्नको लागि असल शिष्य हुनु आवश्यक

भक्तपुर, १४ भदौ ।

0

भक्तपुर नगरपालिकाअन्तर्गतको युवा तथा खेलकुद समितिको आयोजनामा प्रशिक्षक एवम् खेलाडीहरूको भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असल गुरू बन्नको लागि असल शिष्य हुनु आवश्यक भएको चर्चा गर्दै स–साना बाधा–व्यवधानमा नअल्झी आफ्नो उद्देश्य प्राप्तिको लागि अविचलित भई अगाडि बढ्ने मानिस सफल हुने बताउनुभयो ।

खेलाडीहरूले पनि राजनीति बुझ्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, “राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने भावले हुनुपर्छ । राजनीति गाली–गलौज र मुढे बलले गर्ने होइन । दर्शन र सिद्धान्तप्रति आस्थावान भई राजनीति गर्नेले पछुताउनु पर्ने छैन । राजनीतिको उद्देश्य समाज परिवर्तनको लागि हुनुपर्दछ ।”

भनपा युवा, खेलकुद समितिका सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष उकेश कवांले केही ठूला पार्टीका सांसदहरूले आफ्नो नीहित स्वार्थ पूर्ति गर्ने उद्देश्यले भक्तपुरमा अन्तर्राष्ट्रिय र·शाला बनाउने कुरा गरिरहेको बताउँदै अन्तर्राष्ट्रिय रङ्गशाला भक्तपुरमा होइन उपत्यकाभन्दा बाहिर बनाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाले आर्थिक र जग्गा प्रदान गरी सहयोग गरेको भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको भ्रष्टाचार र कमिसनको खेललाई नगरपालिकाले टुलुटुलु हेरेर बस्न नसकिने चर्चा गर्दै उहाँले भनपाभित्र एनजीओ र आईएनजीओको चलखेल सह्य नहुने बताउनुभयो ।
प्रशिक्षक विनोदचरण रायले खेल खेलको लागि मात्र नभई खेलबाट जीवनमा अनुशासनको महत्व सिकिने बताउनुभयो ।

आयोजक समितिका अध्यक्ष एवम् वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा सुमित्रा अवालले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.