Explore news and happenings at Bhaktapur

ज्ञानबहादुर न्याइच्याई स्मृति सभा

भक्तपुर, २०७५ १२ गते, मंगलबार ।

0

गणेश माध्यमिक विद्यालय, भार्वाचोको आयोजनामा विद्यालयका संस्थापक एवं किसान नेता ज्ञानबहादुर न्याइच्याईको आठौं स्मृति सभा मंगलबार सम्पन्न भयो ।

सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भन्नुभयो – ‘व्यक्तिभन्दा व्यक्तिले बोकेको विचार र आचरण ठूलो हुन्छ । ज्ञानबहादुर न्याइच्याई व्यक्ति नभई पार्टीको विचार र नीतिलाई कार्यान्वयन गर्ने एक अभियन्ता हुन् । ज्ञानबहादुर न्याइच्याईलगायतका तत्कालीन पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरुले भक्तपुरलाई शिक्षा, स्वास्थ्य, सरसफाई, खेलकूदलगायतका क्षेत्रहरुमा अगाडि बढाउन बलियो जग हाल्ने काम गरे । आज तिनै जगको आधारमा तल्ला थप्ने काम हामी जनप्रतिनिधिहरुले गरिरहेका छौं । पुरानो अनुभवबाट वर्तमानमा सहज परिस्थिति सृजना भएको छ ।’

प्रमुख प्रजापतिले रात्री कक्षा तथा साक्षरता कक्षाबाट शुरु भएको शैक्षिक जागरणको अभियानले आज विभिन्न कलेज हु“दै विश्वविद्यालयसम्मको योजना बनिसकेको बताउनुभयो ।

उहाँले अग्रजहरुले खेलेको अतुलनीय भूमिकाको कदर गर्दै भनपाले स्थानीय पाठ्यक्रममा भक्तपुरको परिचय स्थापना गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अग्रजहरुको जीवनी तथा संघर्षका घटनाहरु समावेश गरेको उल्लेख गर्दै नया“ पुस्ताले पुराना पुस्ताबाट देश र जनताको निम्ति निःस्वार्थ रुपले सेवा गर्नुपर्ने प्रेरणा लिनेछन् भन्नुभयो ।

नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले नेमकिपाका नेता कार्यकर्ताहरुको संघर्ष र आन्दोलनको उपलब्धी स्वरुप आज भक्तपुरले शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमा नमूना जिल्लाको रुपमा उभ्याउन सकेको बताउँदै मानिस जन्मेपछि संसारका सबै गरिब र दुःखीलाई मुक्त गर्नुपर्ने सिद्धान्तको अनुसरण गर्दै निःस्वार्थ र इमानदारी पूर्वक जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताउनुभयो ।

ठूला राजनीतिक पार्टीहरुले वर्गीय चेतना नजगाएको उल्लेख गर्दै उहा“ले किसानहरुले धान र गहुँको बोट पहिचान गरेझैं असल पार्टीको पहिचान गर्नुपर्ने बताउनुभयो ।

नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवालले ज्ञानबहादुर न्याइच्याई जस्ता असल, मिलनसार कार्यकर्ताहरुको योगदानकै कारण भक्तपुर जिल्ला ज्ञान विज्ञानको केन्द्र, एक घर एक स्नातकको रुपमा परिचित हुन थालेको बताउनुभयो ।

भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले २०४३ सालमा गठन भएको नगर खेलकूद समितिको उद्देश्यअनुरुप नै भनपाले खेलकूदका माध्यमबाट युवा विद्यार्थीहरुलाई कुलत र कुसंस्कृतिबाट जोगाउन पहल गरिरहेको छ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाको सभापतित्वमा सम्पन्न सभामा नेमकिपा १ नं. वडा अध्यक्ष लक्ष्मीनारायण राजलवत, नेक्राकिसंघ १ वडाका अध्यक्ष लक्ष्मीभक्त खत्री, ज्ञानबहादुर न्याइच्याईका सुपुत्र रमेश न्याइच्याई, नि. प्रअ गणेशराम थुसा तथा शिक्षक लक्ष्मीसुन्दर सुवालले बोल्नुभयो ।

 

 

 

 

Leave A Reply

Your email address will not be published.