Explore news and happenings at Bhaktapur

भक्तपुर नगरपालिकाको चाैथो नगरसभा सम्पन्न

भक्तपुर, २०७५ माघ २२ गते, मंगलबार ।

0

भक्तपुर नगरपालिकाको चौथो नगरसभाको मंगलबार बसेको बैठकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक संस्थान लगायतका विनियमहरु सर्वसम्मतिले पारित गर्‍यो । सोही बैठकले भक्तपुर नपाको लेखा समिति गठनसम्बन्धी प्रस्ताव र भक्तपुर नगरपालिकाले २०७५ फागुन र चैत महिनालाई कर संकलन अभियान महिनाको रुपमा अगाडि बढाउने प्रस्ताव पनि अनुमोदन गर्‍यो ।
बैठकमा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाद्वारा सञ्चालित कलेजबाट दिक्षित विद्यार्थीहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा भक्तपुरको गरिमा बढाइरहेको बताउनुभयो । स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुहुँदै प्रमुख प्रजापतिले स्थानीय तहलाई बलियो बनाउँदा जनताको सेवा गर्न सजिलो हुने बताउनुभयो ।

उहाँले ‘ख्वप’ को पहिचान कायम गर्न नगरपालिकाद्वारा सञ्चालित कलेजकै सहज भएको बताउनुहुँदै कलेजको भविष्यसँगै विद्यार्थीको भविष्य पनि जोडिएको बताउनुभयो । भक्तपुर जिल्लाले शिक्षा क्षेत्रमा देशै उत्कृष्ट जिल्लाको उपाधि पाइरहेको प्रस· जोड्नुहुँदै विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिमा नगरपालिकाले विशेष ध्यान दिएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप इञ्जिनियरिङ कलेज, ख्वप कलेज अफ इञ्जिनियरिङ, ख्वप बहुप्राविधिक संस्थान लगायतका विनियममा सभासद्हरु ज्ञानकुमार मगजु, जितेन्द्र मुनंकर्मी, हरिरत्न गोर्खाली, श्यामसुरन्दर माता, रञ्जना त्वाती, विश्वराज शिल्पकार, शिव वाला र गोविन्द दुवालले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

त्यसैगरी उपप्रमुख रजनी जोशीले मापदण्ड संसोधन प्रस्ताव सभामा पेश गर्नुभयो । सो प्रस्तावमा सभासद्हरु विश्वराज शिल्पकार, शिवप्रसाद बाला, बलराम न्हिसुतु, हरिरत्न गोर्खाली, राजेन्द्र माक, रञ्जना त्वाती र गोविन्द दुवालले संसोधन प्रस्तावमा आ–आप्mनो विचार राख्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको कर्मचारी प्रशासन विनियम २०६५ मा संसोधन प्रस्ताव २०७५ सभामा सभासद् रविन्द्र ज्याख्वले स्थानीय तह सञ्चालन ऐन आएपछि यस विनियममा संसोधन गर्नुपर्ने देखिएकोले हालको स्थानीय ऐन बमोजिम कर्मचारी प्रशासन नियमावली २०६५ को संसोधन गर्नुपर्ने भएकोले यो प्रस्ताव पेश गरेको बताउनुभयो । सभाध्यक्ष प्रजापतिले संसोधन पछि यो विनियम हालको ऐन अनुसार आवश्यक शब्दहरुमात्र प्रयोग गरी राजपत्रमा प्रकाशन हुने भएकोले यसलाई निर्णयार्थ सभामा पेश गर्नुभएपछि सभाले सर्वसम्मतिबाट भक्तपुर नगरपालिका कर्मचारी प्रशासन विनियम २०६५ मा संसोधन प्रस्ताव २०७५ पारित भएको थियो । त्यसैगरीे सभासद् उकेश कवांले पेश गर्नुभएको विभिन्न १२ वटा प्रस्तावहरु पनि नगर सभाबाट सर्वसम्मतिले पारित भयो ।
भनपा प्रमुख एवं सभाध्यक्ष प्रजापतिले चौथो नगरसभाबाट पारित विधेयक, विनियम, निर्देशिका र कार्यविधिहरुलाई अन्तिम रुप दिन विधायन समितिलाई जिम्मेवारी दिने जानकारी गराउनुभयो ।

२०७५ पुष ३० गते सोमबारदेखि शुरु भएको भक्तपुर नगरपालिकाको चौथो नगरसभाको ८ दिनको सम्पूर्ण क्रियाकलापहरुको प्रतिवेदन सभामा सभाध्यक्ष सुनिल प्रजापतिले प्रस्तुत गर्नुभई सभा समाप्त भएको घोषणा गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.