Explore news and happenings at Bhaktapur

‘सरकारमा जाने नेताको गल्तीले देश दुब्छ’ : सुनिल प्रजापति

सर्लाही, १७ माघ २०७५, बिहीबार ।

0

नेपाल मजदुर किसान पार्टीको ४५ औं स्थापना दिवसको अवसरमा सर्लाही जिल्ला समितिको आयोजनामा बिहीबार चन्द्रनगर गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले कामदार वर्गको शासन सत्ता स्थापना गर्न, किसानहरुको समस्या समाधानको निम्ति क्रान्तिकारी भूमिसुधार आवश्यक भएको, देशमै रसायनिक मल कारखाना स्थापना गर्नुपर्ने र शोषणको विरुद्धमा सशक्त भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


उहाँले पटक पटक सरकारहरु फेरिए पनि जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको बताउनुहुँदै नेता प्रजापतिले सरकारमा जाने नेताहरुको व्यक्तिगत स्वार्थ, राजनीतिक भागबण्डा र सत्ताको लोभले गर्दा देश झन् झन् गरिब हुँदै गएको बताउनुभयो । भागबन्डाको राजनीति गलत भएको बताउनुहुँदै उहाँले योग्य व्यक्ति मुख्य पदहरुमा पुगेमा मात्रै देशको विकास सम्भव हुने बताउनु हुँदै जनता केन्द्रित राजनीति गर्नु पर्नेमा जोड दिनुपर्ने बताउनुभयो ।
काम गरी खााने जनताले राजनीति गरेन भने देशको राजनीति गुण्डा, तस्कर र ठेकेदारको हातमा जाने संकेत गर्नुहुँदै नेता प्रजापतिले राजनीतिलाई व्यापारको रुपमा नभई शोषित पीडित जनताको हकहितमा लक्षित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘पुँजीपति वर्गले आफ्नो वर्गीय स्वार्थको निम्ति गरिब जनतालाई विश्वासघात गर्छन् । नेताले गरेको गल्तीले पनि देश दुब्छ । देशलाई सिक्किमीकरण हुनबाट बचाउन संसदमा नेमकिपाले पूजीवादीहरुको गलत कामको विरोध गर्दै आएको प्रष्ट गर्दै आएको छ ।’
उहाँले भारतीयहरुको इसारामा चलिरहेको यो कम्युनिष्ट नामधारी सरकार भारतीय दलाल भएको स्पष्ट भन्नुभयो । उहाँले छिमेकी राम्रो भए मात्र नेपालीले सुख पाउने बताउँदै राम्रो मित्र र खराब मित्र चिन्न छिमेकीको व्यवहार र नीतिलाई बुझ्नु आवश्यक छ भन्नुभयो । नेपाल मजदुर किसान पार्टी भारतीय जनताको पक्षमा रहेको बताउनुहुँदै त्यहाँको शासक वर्ग र हस्तक्षेप नीतिको विरोध नेमकिपाले गरेको हो भन्नुभयो ।
विदेशीलाई नागरिकता दिंदा नेपालीहरु बिस्थापित हुने सम्भावना भएको बताउनुहुँदै प्रजापतिले नागरिकताको विषयमा सरकार संवेदनशील हुनुपर्ने र नेपाल–भारतबीचको सिमाना नियमित गर्नुपर्ने धारणा राख्नुभयो । नेमकिपाले तराईका जनताको पक्षमा स्थापनाकालदेखि जोड दिंदै आएको बताउनुहुँदै उहाँले किसानलाई मोहियानी हक दिनुपर्ने, तराईको विभिन्न ठाउँमा सिंचाईको बन्दोबस्त गर्नुपर्नेमा जोड दिइरहेको बताउनुभयो ।
कम्युनिष्टले सिद्धान्तअनुसार व्यवहार गर्यो भने देशको राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन राम्रो हुने बताउनुहुँदै देशका ठूल्ठूला कलकारखाना र उद्योगहरु राष्ट्रियकरण गर्नुपर्ने र सरकार कम्युनिष्ट सिद्धान्तअनुरुप चल्नुपर्छ भन्नुभयो । जनताले कम्युनिष्ट सरकार भनी नेकपा सरकारलाई जिताएका थिए तर कम्युनिष्ट सरकार दाबी गर्नेले भाइ कांग्रेसको चरित्र प्रदर्शन गरिरहेको प्रजापतिले स्पष्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले आफ्नो घोषणापत्रअनुसार काम गरिरहेको बताउनुहुँदै नेता प्रजापतिले भक्तपुर नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालय स्थापना सञ्चालन गरी सिंगो समाजलाई बुद्धिजीवीकरण गर्ने सोचले अगाडि बढिरहेको बताउनुभयो । लगानी बोर्डलाई संसदले बलियो बनाइरहनु गलत भएको बताउनुहुँदै नेमकिपाले लगानी बोर्ड ऐन खारेज हुनुपर्ने आवाज सुरुदेखि राख्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘समाजवादउन्मुख राज्य भनी संविधान लेख्ने तर नेकपा सरकार पुँजीपति वर्गको सञ्चालक समिति भएर पुँजीवादी चरित्र प्रदर्शन गरिरहेको छ ।’
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य दिनेश साहले नेपाल मजदुर किसान पार्टीको स्थापना र भूमिकाबारे बताउँदै शोषित पीडित जनताको पक्षमा संघर्ष गरिरहेको बताउनुभयो । देशको समग्र समस्याहरुमा सडकदेखि संसदसम्म संघर्षरगत नेमकिपाले किसानको समस्या, शोषित–पीडित जनताको हकहितको निम्ति बुलन्द आवाज उठाउँदै आएको बताउनुभयो । कृषकहरुको निम्ति आवश्यक मल कारखाना खोल्ने, मलखादको उपलब्धलता आवश्यक भएको बताउँदै सत्तासीन पार्टीले जनताको सेवा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र पद प्राप्तिको निम्ति राजनीतिलाई उपयोग गर्दै आएको बताउनुभयो । नेमकिपाले गरिब र धनीबीचको भिन्नता हटाउन र गरिब जनताको पक्षमा लक्षित समाजवादी गणतन्त्र स्थापनामा जोड दिइरहेको बताउनुभयो ।
पुँजीवादी सरकारमा गएर कामदार जनताको पक्षमा आमूल परिवर्तन सम्भव नभएको बताउनुहुँदै नेता प्रजापतिले पुँजीवादी सरकारमा नजाने पार्टी हो भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर संघका केन्द्रीय सदस्य राजकृष्ण गोराले जनता सचेत र संगठित हुँदा कामदार जनताको राज्य सत्ता स्थापनाको लागि कामदार जनताको राजनैतिक सचेतना आवश्यक भएको बताउनुभयो । देशमा कृषक तथा मजदुरहरुको बहुमत भएको हुँदा कामदार वर्गको हकहितको लागि नेमकिपाले आवाज उठाउँदै आएको बताउनुभयो । कामदार वर्गको ठूलो शत्रु पुँजीपति वर्ग भएको हुँदा नेमकिपाले बहुमत जनतालाई राजनैतिक रुपमा सचेत र संठगित गर्न देशव्यापी अभियान चलाइरहेको बताउनुभयो । कार्यक्रममा सर्लाही जिल्लाका रमाकान्त कापरले नेमकिपाले वास्तविक शोषित पीडित जनताको निम्ति काम गरिरहेको, कम्युनिष्ट चरित्रअनुरुप काम गरिरहेको बताउनुभयो । उहाँ.जनताको आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने सरकारले हावादारी ठूल्ठूला नाराको औचित्य नभएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष सबिन ख्याजुले नेपाल भारतबीच सीमा समस्या भएको बताउँदै नेपालको स्वाधीनता र सार्वभौमिकताको निम्ति नबोल्ने सत्तासीन पार्टीकै कारण देशको अतिक्रमण बढिरहेको बताउनुभयो । सीमा नियमित गरी विदेशीलाई जन्मसिद्धको आधारमा नागरिकता दिनुपर्नेमा जोड दिंदै वैज्ञान्तिक भूमिसुधारको सट्टा क्रान्तिकारी भूमिसुधारमा नेमकिपाले जोड दिइरहेको बताउनुभयो ।
उहाँले नेमकिपाले तराईको भूभागमामा किसान आन्दोलनलाई सशक्त पार्नुपर्ने बताउँदै शिक्षा, स्वास्थ्यलगयात जनतालाई आवश्यक आधारभूत आवश्यकताहरु निःशुल्क र अनिवार्य हुनुपर्ने बताउनुभयो ।
नेमकिपा सर्लाही जिल्ला समितिका राघुबिन्द्र कुसवाहले नेपाल मजदुर किसान पार्टीले शोषित पीडित जनताको पक्षमा काम गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल ख्वप कलेज इञ्जिनियरिङ कलेजका उपप्राचार्य रविन्द्र फोजुले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.