Explore news and happenings at Bhaktapur

उद्योगी–व्यवसायी प्रतिनिधिहरूको भेला

0

२०७५ पुस २४ गते, मंगलबार

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको टौमढीमा अवस्थित भैरवनाथ मन्दिर जीर्णोद्धार तथा ङातापोल क्षेत्रमा सवारीसाधन प्रवेश निषेधसम्बन्धी उद्योगी–व्यवसायी प्रतिनिधिहरूस“ग छलफल कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भैरवनाथ मन्दिर जीर्णोद्धारमा उद्योगी– व्यवसायीहरूसँग आर्थिक र भौतिक सहयोगको अपेक्षा गरेको र नगरपालिकाको काममा नगरवासीहरूको साथ र सहयोग महत्वपूर्ण भएको बताउनुभयो । सहयोगको भावनाले मन्दिर जीर्णोद्धारमा सक्नेले सक्दो सहयोग गरे भैरवनाथ मन्दिर जीर्णोद्धार सजिलो हुने बताउनुभयो ।
‘यहा“को सम्पदा पुनःनिर्माणमा नगरवासीको अपनत्व कायम गर्न जनसहभागिता जुटाई काम गरिरहेको र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पुनःनिर्माणमा नगरबासीहरू सचेत हुन आवश्यक छ ।’ – उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षण गर्न त्यहाँ पर्खाल लगाउन शिलान्यास गरिसकेको बताउनुहुँदै सार्वजनिक जग्गा अतिक्रमण हुनुबाट रोक्न र पर्ति जग्गा संरक्षण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले पर्खाल बनाएर त्यहाँको व्यवस्थापन गर्न लागेको बताउनुभयो ।

समाजवादउन्मुख राज्य व्यवस्थाअनुसार जनता केन्द्रित भएर काम गर्नमा अग्रसर भएर काम गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले दक्ष जनशक्ति तयार गरिरहेकोे र देशकै निम्ति ठूलो योगदान पु¥याइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका सम्पदा पुनःनिर्माणमा विदेशी सहयोग नभएको जानकारी गराउनुहुँदै उहाँले विना शर्त नगरपालिकाई सहयोग गर्छ भने त्यस्तो सहयोग स्वीकार्य हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाअध्यक्ष रविन्द्र ज्याख्वले पुरानो सहरलाई पुरानै शैलीले बनाउनुपर्ने जिकिर गर्दै यसको संरक्षणले आम्दानीको स्रोत जुटाउन मद्दत पुग्ने बताउनुभयो ।
उहाँले सम्पदा नयाँ पुस्तामा हस्तान्तरण गर्ने अभियानमा नगरपालिकाले काम गर्दै आएको बताउनुहुँदै भक्तपुर नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्न नगरवासीहरूको भूमिका आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा उपस्थित उद्योगी–व्यवसायीहरू युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवां, इँटा व्यवसायी संघका अध्यक्ष नाति ह्योम्बा, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले र भक्तपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष के.पी. अवाललगायतले भैरवनाथ मन्दिर जीर्णोद्धार निर्माण कार्य र ङातापोल क्षेत्रमा सवारीसाधन प्रवेश निषेधसम्बन्धी आ–आफ्नो सुझाव दिनुभएको थियो ।

कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका आर्किटेक्ट रबिना शिल्पकारले भैरवनाथ मन्दिर जीर्णोद्धारबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.