भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबार आत्मरक्षासम्बन्धी नपाका जनप्रतिनिधि र कर्मचारीबीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला हिंसा, बलात्कार, छुवाछुटजस्ता घटना बढिरहेको समयमा आत्मरक्षाको तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । आफ्नो आत्मविश्वास र आत्मबल बढाउन आत्मरक्षासम्बन्धी तालिम उपयोगी हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई सुन्दर र व्यवस्थित नगरको रुपमा विकास गर्न कमजोरी पक्षलाई सुधार गर्दै बहुमत जनताको हितमा निरन्तर काम गरिरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो – ‘भक्तपुर नगरपालिकाले १० वटै वडामा शारीरिक व्यायामका सामाग्रीहरू जडान गर्दैछ र घरदैलो नर्सिङ सञ्चालन गरी नगरवासीहरूको स्वास्थ्य स्थितिको जानकारी लिने कार्य पनि अगाडि बढेको छ ।’
कार्यक्रममा कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अात्मरक्षा महिलालाई मात्र होइन पुरुषलाई पनि अावश्यक भएको बताउनुभयो । भनपालाई लैंगिक हिंसामुक्त गर्न अभियान चलाउनुपर्ने अाैंल्याउनुभयो ।


भक्तपुर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आत्मरक्षासम्बन्धी तालिम प्रशिक्षक पद्मा खयरगोलीले दिनुभएको कार्यक्रममा नपाका विभिन्न वडाका वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो।



कार्यक्रममा कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले अात्मरक्षा महिलालाई मात्र होइन पुरुषलाई पनि अावश्यक भएको बताउनुभयो । भनपालाई लैंगिक हिंसामुक्त गर्न अभियान चलाउनुपर्ने अाैंल्याउनुभयो ।