बागेश्वरी कलेजबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीहरूको दीक्षान्त समारोह
मिति २०८२ मंसिर १३ गते शनिबार ।
भक्तपुर, १३ मङ्सिर । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरसम्बन्धी मापन क्यूएए प्राप्त वागीश्वरी कलेजबाट स्नातक तह र स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीहरूको शनिबार होटल सिटीगाउ“मा दीक्षान्त समारोह सम्पन्न भयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २०८१
(२०२४) मा मानविकी र व्यवस्थापन सङ्कायमा स्नातक तह (बीए र बीबीएस) तथा स्नातकोत्तर तहमा (एमबीएस र एमए) उत्तीर्ण १३९ जना विद्यार्थीहरूलाई दीक्षान्त गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले शिक्षा र प्रमाणपत्रभन्दा पनि संस्कार र नैतिकता अपरिहार्य भएको बताउ“दै वागीश्वरी कलेजले देशभक्त इमानदार र सदाचारी व्यक्ति उत्पादनमा जोड दि“दै आएको स्पष्ट पार्नुभयो ।लोकसेवाबाट पहिलो स्थान नाम निकाल्ने भ्रष्टाचारी हुने भए त्यस्तो जनशक्ति देशको लागि अभिशाप हुने भएकोले वागीश्वरीका विद्यार्थीहरू इमानदार, पारदर्शी र आर्थिक अनुशासनमा बस्ने दक्ष नमुना व्यक्ति हुनेमा विश्वास प्रकट गर्नुभयो ।
विद्यार्थीहरू खुसीले बाहिर गएका नभई शासकहरूले बाहिर जान बाध्य पारेको दृष्टान्त दि“दै उहा“ले शिक्षित बेरोजगार बाहिर पठाउ“दा आफूहरूले निर्धक्कस“ग भ्रष्टाचार र अनियमितता गर्न पाइने सोच शासक दलहरूमा रहेको धारणा उहा“ले राख्नुभयो ।
नेताहरूले कार्यकर्तालाई इमानदारिता नसिकाइकन भ्रष्टाचार गर्न प्रोत्साहन गर्दा र भ्रष्ट कार्यकर्ताको संरक्षण गर्दा अहिले ठुला दलहरूका नेताहरूलाई गा¥हो भएको र भागी भागी हि“ड्न बाध्य भएको टिप्पणी प्रमुख प्रजापतिले गर्नुभयो ।
कुनै विचार र सिद्धान्त नभएको आन्दोलनले देशलाई भन्दा परनिर्भरतालाई प्रश्रय दिएको र विदेशीहरूलाई फाइदा पुगेको धारणा पनि उहा“ले राख्नुभएको थियो ।
वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले स्नातक र स्नातकोत्तरको परीक्षाभन्दा पनि अब जीवनको परीक्षा कठिन हुने भएकोले निरन्तर अध्ययन गरिराख्नुपर्ने आवश्यकता औ“ल्याउनुभयो । उहा“ले भन्नुभयो, “समुदायमा आधारित अनि समुदायले नै अपनत्व लिई सञ्चालन गर्दै आएको वागीश्वरी कलेजजस्तो सामुदायिक कलेजबाट दीक्षित हुनु गर्वको कुरा हो ।”देश अहिले पनि सङ्कटमा फसिरहेको बताउ“दै उहा“ले सच्चा नागरिकहरूले मातृभूमिको विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहा“ले राजनीति भनेको त्याग हुनुपर्नेमा व्यक्तिगत स्वार्थका लागि काम गर्दा बदनामी कमाएको स्पष्ट पार्नुभयो ।
पार्टीमा सदस्यता प्राप्त गर्नु भनेको ठुलो परीक्षाबाट उत्तीर्ण हुनुजस्तो हुनुपर्नेमा अहिले दलाल दलहरूले भ्रष्टाचारी, अपराधीहरूलाई पनि टीका लगाएर सरल तरिकाबाट पार्टी प्रवेश गराएर राजनीतिलाई बदनाम गराइरहेको धारणा उहा“ले राख्नुभयो ।
उहा“ले राजनीति भनेको नैतिकता आदर्श र सुसंस्कार भएको स्पष्ट पार्नभयो । अहिले शासक दलहरूले गरिरहेको भागबन्डा, भ्रष्टाचार र विदेशीको दलाली गर्नु राजनीति हुन नसक्ने सांसद गोसाईंंको धारणा थियो ।
वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले विदेशमा अध्ययन गरे पनि स्वदेशमा अध्ययन गरे पनि आफूले सिकेको ज्ञान, सीप, प्रविधि र दक्षता आफ्नै समाजलाई हित हुने गरी उपयोग गर्नुपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “नपढ्नेहरूले बरु रेमिट्यान्स पठाएर र स्वदेश फर्केर देशको सेवा गर्छन् तर राज्यले लगानी गरेका पढेलेखेकाहरू भने विदेशमा गएर उतै बस्छन् । यो परिपाटीको अन्त्य हुनुपर्छ र सिकेको सीप र ज्ञान यही माटोका लागि योगदान दिनुपर्छ ।”
वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले शैक्षिक योग्यता, सैद्धान्तिक ज्ञानले देश र समाजलाई योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले भक्तपुरलाई शिक्षाको हब बनाई शैक्षिक गन्तव्य बनाउनका लागि वागीश्वरी लागिपरेको बताउँदै वागीश्वरीले करिब करोड रूपैया“को छात्रवृत्ति दिइरहेको र शैक्षिक ज्ञानसँगै अन्य सीपमूलक रोजगारमूलक तालिमहरू नन क्रेडिट कोर्सअन्तर्गत दिइरहेको जानकारी दिनुभयो ।
वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जुनसुकै काम गरे पनि वागीश्वरी झल्किनुपर्ने धारणा राख्दै भोलि समाजमा जे काम गरे पनि इमान्दनरिता देखिनुपर्ने बताउनुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मानविकी सङ्कायका प्रमुख राजन फेलुले स्वागत गर्नुभएको थियो । यसैगरी शिक्षक विनोद प्रजापति, विद्यार्थीद्वय भावना भँडेल र श्रृजना प्रजापतिले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले गीत नृत्य प्रस्तुत गरेका थिए ।

