Explore news and happenings at Bhaktapur

सम्पदा संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी

२०७५ पुस १२ गते बिहीबार ।

0

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेजको आयोजनामा बिहीबार ‘Conservation and Restoration of Heritage Structures’ विषयक एक दिने कार्यशाला गोष्ठी प्रारम्भ भयो ।


कार्यक्रमको  उद्‍घाटन गर्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले २०७२ सालको भूकम्पमा देशका धेरै संरचना ध्वस्त भएको र सम्पदाहरूमा क्षति पुगेको बताउनुहुँदै संकटको समयमा जापान सरकार र जापानका विभिन्न संघ–संस्थाले गरेका सहयोगप्रति धन्यवाद दिनुभयो ।


जापान सरकार र जापानी संघ–संस्थाले संकटको समय नेपालमा अनुसन्धानका कार्यहरूमा सहयाेग गरेको जानकारी गराउनुहुँदै उहाँले नयाँ पुस्ताका नेपाली विद्यार्थीहरूले त्यसबाट सिक्ने अवसर प्राप्त गरेको जानकारी गराउनुभयो । दुई देशबीचका प्राविधिकहरुको विचार, अनुभव र सीपको आदानप्रदान हुनु सकारात्मक भएको औंल्याउनुहुँदै प्रमुख प्रजापतिले नगरपालिकाले यहाँको सम्पदा संरक्षण र सम्बर्द्धनमा उल्लेखनीय कार्य गरिआएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गरिरहेको बताउनुहुँदै देशको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न कलेजहरूले महत्त्वपूर्ण योगदान गर्ने बताउनुभयो । साथै सस्तो र गुणस्तरीय शिक्षा दिनु भक्तपुर नपाद्वारा सञ्चालित कलजहरूको उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप इन्जिनिरिङ्ग कलेजका सिनियर लेक्चररहरु डा. सुवेगमान विजुक्छेँ र डा. मन्जिप शाक्य, एशाेसियत प्रोफेसर ई. चन्द्रकिरण कवां, इहिम युनिभर्सिटीका प्रोफेशर नेत्रप्रकाश भण्डारीले भुकम्प पुनःनिर्माणसम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रम जापान विश्वविद्यालयका प्रतिनिधिहरु सुकुवा युनिभर्सिटीका प्रोफेसर यासुस्गी युकीटा, मिई युनिभर्सिटीका प्रोफेसर टोसिका जो हानाजातो, टोक्‍यो डेन्की युनिभर्सिटीका प्रोफेसर यासुशी नित्सु, क्यु सू युनिभर्सिटीका प्रोफेसर केन्टारो यामागुची, सिन्चु युनिभर्सिटीका एसिस्टान्ट प्रोफेसर डा. यो हेई एन्डो र किन्डाई युनिभर्सिटीका प्रोफेसर सोईची एन्डोले कार्यपत्र प्रस्तुत गर्नुभएको थियाे ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, ख्वप ई. कलेजका प्राचार्य सुजन माक, ख्वप कलेज अफ इ. का प्राचार्य सुनिल दुवाल, पुल्चोक क्याम्पसका प्रेमनाथ मास्केलगायत ख्वप इन्जिनियरिङ्ग कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राध्यापक र प्राविधिकहरुको  पनि उपस्थिति थियो ।

Leave A Reply

Your email address will not be published.