Explore news and happenings at Bhaktapur

ख्वप कलेजमा रिसर्च एण्ड पब्लिकेशन्स् विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन

२०८२ मंसिर १२, शुक्रबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा भएको ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालय र कलेजहरु अध्ययन अनुसन्धान गर्ने थलो भएको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएको बताउनुभयो ।
अनुसन्धानमा अगाडि बढेको देशले छिटो प्रगति गर्ने बताउँदै उहाँले विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन पनि सिकाउनुपर्ने बताउनुभयो ।
हरेक खालको चुनौती सामना गर्ने शिक्षा विद्यार्थीहरुलाई दिनु नै शिक्षकहरुको सफलता हुने बताउँदै उहाँले नपाले अध्ययन अनुसन्धानको लागि कलेजहरुलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले गुणस्तरमा प्रतिस्पर्धाको नीति अवलम्बन आएको बताउँदै उहाँले ख्वप सर्कलका हरेक विद्यार्थीलाई योग्य बनाउन खोजिरहेको र त्यसको लागि शिक्षकहरु योग्य हुनुपर्छ भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजले वार्षिक रुपमा विभिन्न विषयहरुमा कार्यशाला, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै विद्यार्थीलाई अब्बल बनाउने प्रयत्न गर्दै आएको बताउनुभयो ।
कार्यशालाका स्रोतव्यक्ति डा. टिकाराम गौतमले कार्यशालाको महत्वमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाले देश र समाजमा समर्पित कलेजहरु स्थापना गरी नागरिकहरुलाई दिँदै आएको सेवा सुविधा उल्लेखनीय रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षकद्वय सुन्दर शिल्पकार र कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो ।

 

 

 

Leave A Reply

Your email address will not be published.