Explore news and happenings at Bhaktapur

नगर प्रमुख प्रजापतिद्वारा हेटौडा सामुदायिक आँखा अस्पताल अवलोकन

हेटौडा । २०८२ कार्तिक २५

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको पहिलो शाखाको रुपमा स्थापना भएको हेटौडा सामुदायिक आँखा अस्पतालको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभयो । नगर प्रमुख प्रजापतिलाई हेटौंडा आँखा अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले अस्पतालले प्रदान गर्दै आएका सेवाहरु, आगामी योजना तथा गतिविधिबारेमा जानकारी गराउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि तिलगंगा आँखा प्रतिष्ठानसँग सहकार्य गरी ख्वप तिलगंगा आँखा अस्पताल सञ्चालन गरी आँखा उपचारको सेवा दिँदै आएको बताउनुभयो ।
अस्पतालका व्यवस्थापक सुधिर श्रेष्ठले उक्त अस्पतालमा आँखाजाँच, चस्मा जाँच, शल्यक्रिया सेवा, औषधि सेवा प्रदान गर्दै आएको बताउँदै अस्पतालले स्वास्थ्यसम्बन्धि जनचेतना प्रदान गर्न बिभिन्न तालिम र गोष्ठी आयोजना गर्दै आएको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.