Explore news and happenings at Bhaktapur

चिनियाँ प्रतिनिधि मण्डलद्वारा भक्तपुर अध्ययन भ्रमण

२०८२ कार्तिक २० गते विहीबार ।

0
भक्तपुर नगरपालिकाका कार्यवाहक प्रमुख रजनी जोशीसँग जनवादी गणतन्त्र चीनको इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी र छिङहाई मिन्चु युनिभर्सिटीको प्रतिनिधि मण्डलले भनपा सभाकक्षमा भेट गर्नुभयो ।
भेटमा का.वा. प्रमुख जोशीले भक्तपुर नगरपालिकाको इतिहास, भूगोल, संस्कृति, सम्पदा र बर्तमान राजनीतिबारे जानकारी गराउनुहुँदै भनपामा नेपाल मजदुर किसान पार्टीका सबै जनप्रतिनिधिहरु निर्वाचित भएको र भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा गर्दै आइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपाकिाले शिशु स्याहारदेखि ७ वटा कलेजहरु संचालन गरिरहेको, ख्वप अस्पताल संचालन गरी नगरबासीहरुलाई सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । साथै नगरपालिकाले नगरभित्रका ९२ वटा विद्यालयहरुमा स्थानीय पाठुयक्रम लागू गरी स्थानीय भाषा, साहित्य, संस्कृति, संस्कार, नाचगान, जात्रा पर्व, खाद्य परिकारबारे नयाँ पुस्ताका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
ऐतिहासिक, साँस्कृति र पुरातात्विक सम्पदाहरु परम्परागत सीप र मौलिक निर्माण सामग्री प्रयोग गर्दै स्थानीय जनशक्ति परिचालन गरी सम्पदा संरक्षण गरिरहेको बताउनुहुँदै उहाँले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु नगरपालिकाले आफ्नै स्रोत र साधन प्रयोग गरी संरक्षण गर्दै आएको बताउनुभयो । चीन सरकारले नेपाल र भक्तपुर नगरपालिकामा विपद् र संकटको बेलामा गरेको सहयोग र साथलाई स्मरण गर्नुहुँदै यस्तो आदान प्रदान र सहकार्यले दुई देशबीचको आपसी सम्बन्ध अझ थप घनिष्ठ हुँदै गएको विचार व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ प्रतिनिधि मण्डलका तर्फबाट इष्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपनिर्देशक सेन योङले चिनियाँ भाषाको बढी प्रचलनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्म विस्तार गर्न मद्दत पुग्ने विचार व्यक्त गनुहुँदै कन्प्mयुसस् इन्स्टिच्यूटले यसको लािग महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी छिङहाई मिन्सु युनिभर्सिटीका निर्देशक झाङ झिङनियानले छिङहाई प्रान्तको परिचय दिनु हुँदै छिङहाई मिन्चु विश्वविद्यालयबारे जानकारी गराउनुभयो । उहाँले विश्वविद्यालयले निकट भविष्यमै ख्वप सर्कलसँग सहकार्य हुने आशा व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, भनपा वडा नं. ५ का वडाध्यक्ष योेगेन्द्रमान विजुक्छेँ, कार्यपालिका सदस्य कृष्णप्यारी भुजू, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवालसमेतको उपस्थिति रहेको उक्त भेटमा ख्वप मोडल, केरुङ ल्हासा रेलमार्ग र चिनियाँ भाषा प्रशिक्षण विस्तारबारे छलफल भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.