Explore news and happenings at Bhaktapur

भक्तपुरमा ज्येष्ठ नागरिक हेरचाह तालिम सुरु

भक्तपुर, कार्तिक १ ।

0
भक्तपुर नगरपालिकाको आयोजनामा ज्येष्ठ नागरिक हेरचाह तालिमको उद्घाटन कार्यक्रम शनिबार एक कार्यक्रमविच सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुहुदै समाजवादी व्यवस्थामा जन्मेदेखि नमरेसम्म जनताको सेवा गर्ने भएकोले भक्तपुर नगरपालिकाले समाजवाद अवधारणा अनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
भनपाले शिशु स्याहारदेखि सुधारिएको शवदाहगृहसम्म संचालन गर्दै आइरहेको जानकारी दिनुहुँदै उहाँले नागरिकको जिवनस्तर उकास्ने काम राज्यको दायित्वभित्र पर्ने बताउनुभयो ।
एक फरक प्रसङ्गमा कुरा गर्नुहुदै प्रमुख प्रजापतिले कुनै काम सानो ठूलो नहुने भएकोले तालिमबाट प्राप्त ज्ञान सदुपयोग गर्नुपर्ने र तालिममा अनुशासित र धैर्यशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष हरिराम सुवालले नपाले घोषणा अनुसार आदर निकेतन संचालन गर्ने उदेश्यले तालिम संचालन गर्न लागेको बताउनुभयो । तालिममा २८ जना प्रशिक्षार्थी रहेको जानकारी दिनुहुदै उहाँले समाजवादी अवधारणा अनुरुप पार्टीको नीति निर्देशन अनुसार काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैया सुवालले नपाले सिपमूलक तालिम संचालन गर्दै आइरहेको र ज्येष्ठ नागरिक हेरचाह तालिम अन्य तालिमभन्दा पृथक तालिम रहेकोले ज्येष्ठ नागरिकहरुको अनुभव लिएर समाजको लागि योगदान गर्नुपर्ने र ज्येष्ठ नागरिकहरुलाई अपहेलित गर्न नहुने बताउनुभयो ।
तालिम प्रशिक्षक सुन्दर सुवालले तालिम मार्फत ज्येष्ठ नागरिकको हेरचाह, ज्येष्ठ नागरिकप्रति नागरिकको कर्तव्य, सुरक्षा लगायत तालिमबारे विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रममा ६ नं वडा सदय सिद्धिराम अवालले पनि बोल्नु भएको थियो ।

 

 

 

 

 

 

Leave A Reply

Your email address will not be published.