Explore news and happenings at Bhaktapur

पुरस्कार वितरण तथा शुभकामना कार्यक्रम

भक्तपुर, १० असोज

0

भक्तपुर, १० असोज । ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल मा अध्ययनरत विद्यार्थीबिच असोज ८ देखि १० गतेसम्म भएको विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवं विद्यालय कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीको आतिथ्यमा भएको उक्त कार्यक्रममा उपप्रमुख जोशीले स्वस्थ रहन खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकोले नियमितरूपमा खेलकुदलगायत विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै जानुपर्ने आवश्यकता औल्याउनुभयो । भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ र पर्यटनलाई जोड दिई कार्य गर्दै आइरहेको जानकारी दिदै जनताको निःस्वार्थपूर्वक सेवामा भनपाका जनप्रतिनिधिहरू लागिपरेको उहाँले बताउनुभयो । पुजीवाद र समाजवादको भेदबारे विचारविमर्श गरिरहनु आवश्यक रहेको चर्चा गर्दै उपप्रमुख जोशीले पु“जीवादी व्यवस्थामा भ्रष्टाचार अन्त्य गर्न नसकिने र कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र राम्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले हाम्रो धरातल बिर्सनु हुदैन । दसै बिदामा स्वास्थ्यलाई ध्यानमा राखी खानपिनमा सचेत हुनुपर्छ सिर्जनात्मक र रचनात्मक कार्यमा दसै बिदालाई सदुपयोग गर्नुपर्छ ।” ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले विद्यार्थीहरूमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न ख्वप मा.वि. कलेजले विविध गतिविधि गर्दै आइरहेको र आउ“दा दिनमा गर्दै जाने बताउनुभयो । परिर्वतनलाई आत्मसात गरी शिक्षक तथा कर्मचारीहरूले युग सुहाउदो हुने गरी आफूलाई परिवर्तन गर्न परिश्रम गर्नुपर्ने उहा“ले बताउनुभयो । ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समसामयिक विषय तथा जेन–जी आन्दोलनबारे आफ्नो धारणा राख्दै सरकारमा गएका पार्टीहरूको दम्भ, अविवेकपूर्ण निर्णयकै कारण भदौ २३ को आन्दोलन भएको धारणा राख्नुभयो । कार्यक्रममा ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ, ख्वप मा.वि.का उपप्राचार्य विष्णुप्रसाद किसी, ख्वप मा.वि.÷कलेजका जिन्सी शाखा प्रमुख तुल्सीराम सुवाल र शिक्षक कमिनिका न्याइच्याईले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा अतिथि उपप्रमुख जोशीले खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.