Explore news and happenings at Bhaktapur

संकटको बेला स्वास्थ्यकर्मीहरू थप जिम्मेवार भएर बिरामीको सेवा गर्नुपर्ने

भक्तपुर, २६ भदौ ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश सड्ढटमा परिरहेको अवस्थामा स्वास्थ्यकर्मीहरूले थप जिम्मेवार भएर बिरामीको सेवा गर्नुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूको भेलामा प्रमुख प्रजापतिले देशमा उत्पन्न असामान्य परिस्थितिबिच आफ्नो कर्तव्य पालन गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दि“दै भन्नुभयो, “दिउ“सो निषेधाज्ञा छ, राती कÇर्यु छ तर पनि स्वास्थ्यकर्मीहरूले बिरामीको परीक्षणमा कुनै कमी आउन दिनु भएन । जनताको अस्पतालको विशेषता भनेको यही हो ।”
जस्तोसुकै जटिल अवस्थामा पनि बिरामीको उपचारको लागि चिकित्सकहरू तयार हुनुपर्छ, उहा“ले भन्नुभयो ।
समसामयिक राजनीतिबारे बोल्दै उहा“ले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि देश अहिले सरकारविहीनजस्तो भएको छ । यस्तो बेला देशमा विभिन्न खालका अराजक घटनाहरू घट्न सक्ने हु“दा चिकित्सक, कर्मचारीहरू सचेत हुनुपर्छ । विदेशी शक्तिले धमिलो पानीमा माछा मार्ने कोशिश गर्नेछन् । नेपाली जनता सतर्क हुनुपर्छ ।”
“सड्ढट आयो भनेर आत्तिने होइन, सड्ढटलाई अवसरमा रूपान्तरण गर्ने कोशिश गर्नुपर्छ । जनताको सेवा गर्नेहरूलाई सधै“ जनताले माया गर्नेछन्”, उहा“ले भन्नुभयो ।
ख्वप अस्पतालका नि.मेडिकल निर्देशक डा. मजेशप्रताप मल्लले सबै स्वास्थ्यकर्मीहरूले सम्भव भएसम्म बढीभन्दा बढी बिरामीहरूको सेवामा समर्पित भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेलामा चिकित्सक, नर्स, कर्मचारीहरूको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.