नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । २०८२ भदौ १८
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।

भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राष्ट्रिय स्तरमै सेवा उपलब्ध गराउँदै आएको बताउँदै उहाँले विभिन्न चुनौतीहरु पार गर्दै नगरपालिकाले कलेज र अस्पताल स्थापना गरेको स्मरण गर्नुभयो ।
विद्यार्थी जीवनमा हुने सानो गल्ती र हेलचेक्र्याइँले विद्यार्थीको जीवन संकटमा पुग्न सक्नेतर्फ सचेत पार्दै उहाँले आफ्नो भविष्य अरुले होइन, आफैले बनाउने हो भन्नुभयो ।
नगरपालिकालाई आमनिर्भर बनाउने बाटोमा अग्रसर भइरहेको बताउँदै उहाँले सरकारले जनतालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिन नसक्दा युवाहरु विदेशिने क्रम झन् बढिरहेको प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयले गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य राखेको बताउँदै नगर प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभयो ।

उहाँले नर्सिङका विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै अस्पतालमा र समुदायमा गरेर जनतासँग नजिक बसेर काम गर्ने अवसर पाउने बताउँदै नपाबाट सञ्चालित सातवटै कलेजहरुको उद्देश्य जनताको सेवा गर्नु हो भन्नुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले ख्वप सर्कलका शैक्षिक सस्थाहरुको अभिभावकत्व ग्रहण गरिरहेको बताउँदै शिक्षि, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
उहाँले ख्वप सर्कल अन्तर्गतका कलेजहरु स्थापनामा धेरै संघर्ष गर्नुपरेको प्रसंग जोड्दै ख्वप नर्सिङ कलेजले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै सीप, व्यवहार सिकाउँदै अवसर र चुनौतीहरुको सामना गर्न अब्बल बनाउने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले संस्था स्थापनाको उद्देश्यबारे मनन गरेर अगाडि बढन्पर्नेमा जोड दिँदै अध्ययनको सिलसिलामा विदेशिने विद्यार्थीहरु पढाइ सकेर देशमै फर्कने अठोट गर्न सक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरुले आफ्नो अध्ययन पूरा गरिसकेपछि आफ्नो दक्षताअनुसारको सेवा गर्ने लक्ष्य राख्नुपर्ने बताउँदै विद्यार्थी ख्वपको गहना र गौरव हो भन्नुभयो ।
उक्त कार्यक्रममा नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोलले नर्सिङ पेशामा आबद्ध हुनेहरुमा बिरामीको सेवा गर्ने भावना हुनुपर्ने, शिक्षिका मुना लवजूले संस्था सञ्चालन र विद्यार्थीहरुको वृत्ति विकासमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालक समितिको संयुक्त पहल आवश्यक भएको बताउनुभयो ।

