Explore news and happenings at Bhaktapur

सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डल भनपामा

२०८२ भदौ १७

0

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सुनसरी उद्योग वाणिज्य संघ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डलले भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुरको शैक्षिक रुपान्तरण, भक्तपुरको कला संस्कृति संरक्षण र प्रवद्र्धनमा गरिरहेका प्रयास, विभिन्न सीपमूलक तालिम सञ्चालन, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा गरिरहेको प्रयासहरुबारे अनुभव आदानप्रदान भयो । भेटमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, किर्तिपुर उद्योग वाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्य, किर्तिपुर उद्योग वाणिज्य संघ महिला विकास समितिका सभापति सुजाता श्रेष्ठ, समाजसेवी विन्दा श्रेष्ठ, धरानका उमेश श्रेष्ठ, नेमकिपा कोशी प्रदेश सदस्य सुनिल शाक्य, भक्तपुर नपाका तुल्सीकृष्ण बाटी, सुरेन शाक्यलगायतको उपस्थिति थियो । 

 

 

Leave A Reply

Your email address will not be published.