Explore news and happenings at Bhaktapur

उपप्रमुख जोशीसँग दक्षिण कोरियाको छयोङयाङगुन खेलकुद परिषद्का अध्यक्ष सियोकको भेट

२०८२ भदौ १३

0
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग दक्षिण कोरियाको छयोङयाङगुन खेलकुद परिषद्का अध्यक्ष हान ग्वाङ सियोकसहितको प्रतिनिधिमण्डलले भेट ग¥यो । नगर उपप्रमुख रजनी जोशीले प्रतिनिधिमण्डललाई खादा, भादगाउँले टोपीले स्वागत गर्नुभयो ।
भेटमा नगर उपप्रमुख जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षण, सरसफाइमा नगरपालिकाले गरिरहेका गतिविधिबारे प्रष्ट पार्नुभयो । उहाँले जनताको साथ र सहयोगले भक्तपुरलाई आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको बताउँदै नगरपालिकाले शिशुस्याहारदेखि विश्वविद्यालय सञ्चालन गर्ने नीतिका साथ अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा अध्यक्ष सियोकले सांस्कृतिक सहर भक्तपुरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्दै दक्षिण कोरियास्थित छुङ छियोङ प्रान्तले शिक्षा र खेलकुद क्षेत्रमा भक्तपुरले जस्तै प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
उपप्रमुख जोशीले अध्यक्ष सियोकलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.