Explore news and happenings at Bhaktapur

शहिद स्मृति खेलमैदान र नःपुखु परिसरमा सरसफाइ कार्यक्रम

२०८२ भाद्र १ गते

0
भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत आजभ नपा वडा नंं २ शहिद स्मृति खेलमैदान परिसर एवम् नःपुखु परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सफाइ आन्दोलन सँगसँगै कला र संस्कृति, सम्पदा संरक्षणको क्षेत्रमा अग्रणी भूमिका खेल्दै संघर्षको क्षेत्रमा स्थापित रहेको भनपाले स्थानीय जनतालाई स्वाभिमानीपूर्वक आत्मनिर्भर बन्न युवा र महिला लक्षित विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गर्दैआइरहेको चर्चा गर्नुभयो । साथै वर्षायामसँगै विभिन्न सरुवा रोगहरु फैलिरहेकोले सम्पूर्ण जनताहरु स्वयम् सचेत र सुरक्षित रहन अनुरोध गर्दै सफाइ कार्यक्रमको महत्वबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा साविक १५ वडाका वडाध्यक्ष रविन्द्र खर्बुजाले सफाइ हामी सबैको लागि स्वस्थ रहन हो, हामीले नै आफ्नो ठाउँ सफा राख्नुपर्छ भन्नुुभयो । सफाइ अभियान भक्तपुर नपाले विगतदेखि गर्दै आएको चर्चा गर्दै उहाँले विगतमा भक्तपुरमा सरसफाइको जनचेतना फैलाउन गाईजात्रा र तःमुंज्याको मञ्चहरुमा सचेतनामुलक नाटक प्रदर्शन गर्नुका साथै कार्टुनहरुको प्रदर्शनी गरिएको स्मरण गर्नुभयो ।
उहाँले भक्तपुर सदाचारको टापुको रुपमा चिनिएको बताउँदै ४५ औं नेपालभाषा साहित्य तःमुज्या नःपुखु परिसरमा हुन लागेकोमा खुशी व्यक्त गर्दै सबैमा आर्थिक, भौतिक, नैतिक र साहित्यिक सहभागिताको लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य श्यामसुन्दर मातां र मन्जुमैंया लाखाजुले पनि बोल्नुभएको थियो भने जनप्रतिनिधिहरु, वडाका विभिन्न सहकारी संस्था,विद्यालय, पुस्तकालय, स्थानीय, छिकोन समूह्का महिलाहरुलगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.