Explore news and happenings at Bhaktapur

गाईजात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालाहरुको बैठक सम्पन्न

२०८२ साउन १९, सोमबार

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा २०८२ सालको गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादितरूपमा सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत्, टेलिफोन, इन्टरनेट र केबुल नेटवर्कका तारहरू व्यवस्थित गर्ने र खानेपानी व्यवस्थापन, सवारी आवागमन सहज बनाउने र जात्रा अवधिभर शान्ति सुरक्षा कायम गर्ने विषयमा आज सम्बन्धित सरोकारवालाहरूसँगको बैठक सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुरको गाईजात्रा (सापारु) अन्य ठाउँको भन्दा विशेष रुपमा मनाइने जात्रा भएकोले आन्तरिक र बाह्य पर्यटकहरु उल्लेख्य आउने उक्त जात्रालाई सभ्य र आकर्षक बनाउन सबैले आआफ्नो तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
उपप्रमुख रजनी जोशीले अव्यवस्थित तार नगरको चुनौतीको रुपमा रहेको बताउँदै यसको दिगो समाधानले नगरलाई थप सुन्दर र आकर्षक बनाउने बताउनुभयो ।
बैठकले प्रसिद्ध गाईजात्रा (सापारु) पर्वलाई व्यवस्थित र मर्यादिन रुपमा सञ्चालन गर्न सरोकारवाला सबै पक्षबाट आ–आप्mनो क्षेत्रबाट सहयोग गर्ने निर्णय ग¥यो ।
मिति २०८२ साउन २४ गते गुन्हीपुन्ही र २५ गते सापारुको अवसरमा कुनै किसिमको बाधा व्यवधान नहोस् भनी गाईजात्रा प्रदक्षिणा मार्ग र महत्वपूर्ण स्थानहरुमा टेलिकम, बिजुली बत्ती र इन्टरनेटका तारहरु हटाउन यही २०८२ साल साउन २२ गतेभित्र सबैले आ–आप्mनो तारहरु व्यवस्थापन गर्ने र तोकिएको समयभित्र तारहरु नहटाएमा नगरपालिका स्वयम्ले हटाउने निर्णय ग¥यो ।
बैठकले भक्तपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, भैरवनाथ जात्रा व्यवस्थापन समिति, नेपाल विद्युत प्राधिकरण भक्तपुर शाखा, नेपाल टेलिकम, भनपा स्यानिटेसन शाखा, नगर प्रहरी प्रमुख, केबल नेटवर्कको तर्पmबाट प्रतिनिधि र सम्बन्धित वडा निरीक्षकसहितको समिति गठन ग¥यो ।
गाईजात्रा अवधिभर सवारी साधन प्रवेशमा निषेध गर्ने, स्वास्थ्य उपचार सेवा प्रदान गर्ने, मदिरा बेचविखन तथा सेवनमा निरुत्साहित गर्ने, पिउने स्वच्छ पानीको व्यवस्थापन गर्ने र सरसफाइ गर्ने लगायतका कार्य गर्न सम्बन्धित निकायले आ–आप्mना कर्मचारीहरु तथा जनपरिचालन गर्ने निर्णय पनि सोही बैठकले ग¥यो ।
बैठकले गाईजात्रा प्रदक्षिणा मार्गमा सरसफाइ कार्यक्रम यही २०८२ साउन २३ गते विहान ७ः०० बजे भनपा–९ दत्तात्रयमा जम्मा भई सबै पक्षको सहभागितामा सरसफाइ र जनचेतनामूलक ¥याली गर्ने निर्णय ग¥यो ।
बैठकमा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, कार्यपालिका सदस्य रोशनमैंया सुवालले जात्रा व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको तर्फबाट सहयोग हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.