उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको पुरस्कार वितरण
भक्तपुर, ३० जेठ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा भएको
शुक्रबार सम्पन्न भयो ।

उहा“ले भन्नुभयो, “खेलकुद र शिक्षा एक सिक्काको दुई पाटा हो । खेलकुदलाई मानव जीवनको अभिन्न अ·को रूपमा विकास गर्ने प्रयत्न भक्तपुर नगरपालिकाले गर्दै छ ।”
खेलकुदलाई हारजितभन्दा मित्रता र अनुशासनको लागि हुनुपर्नेमा जोड दि“दै प्रमुख प्रजापतिले खेलकुद प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाव दिनुभयो ।
प्याब्सन भक्तपुरका अध्यक्ष राजन कसपालले विद्यार्थीको व्यक्तित्व विकास गरी विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउन प्याब्सनले प्रतियोगिताको आयोजना गरेको र प्रतियोगिताले राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्नमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल टेबलटेनिस सङ्घका अध्यक्ष बिजेन्द्रबहादुर हमाल, प्याब्सन भक्तपुरका उपाध्यक्ष विजय कर्माचार्य र प्याब्सन अतिरिक्त क्रियाकलाप समितिका सहसंयोजक कृष्ण कार्कीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विजयी खेलाडीहरूलाई मेडल, शिल्ड र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा टेबलटेनिस प्रशिक्षकद्वय मोहनदास बासुकला र शिवसुन्दर गोठेलाई सम्मान गरिएको थियो ।
आयोजकका अनुसार प्रतियोगितामा ६० विद्यालयका २१० जना विद्यार्थीको सहभागिता रहेको थियो ।


